करेन्ट लागेर महिलाको मृत्यु
विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–४ खोर्सानीबारीकी ६५ वर्षीया पवित्रा बास्तोलाको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा रहेको घाँस काट्ने मेसिनलाई हातले छुने क्रममा साँझ ६ बजेतिर उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएकी बास्तोलालाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो ।
उपचारकै क्रममा उनलाई चिकित्सकले साँझ ७:२० बजेतिर मृत घोषणा गरिदिएको जानकारी प्रहरीले दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस !
३