कप्तानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न सांसद साहको माग

कप्तानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न सांसद साहको माग
सुन्नुहोस्

सुनसरी : कसुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका क्रममा भएको हिंसात्मक झडपको निष्पक्ष छानबिन गर्न प्रतिनिधिसभा सदस्य ई. दीपककुमार साहले माग गरेका छन्।

सोमबार राति करिब १० बजे दुई समुदायबीच भएको झडपमा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा घाइते भएका आठ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको र अधिकांशलाई गोली लागेको जानकारी प्राप्त भएको सांसद साहले जनाएका छन्।

सांसद साहले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत मृतक मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

स्थानीयवासीले घटनाको समयमा प्रशासन तथा सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाएको भन्दै सांसद साहले सुनसरीका प्रमुख जिल्ला अधिकारी र  प्रहरी प्रमुखहरूलाई तत्काल निलम्बन गरी घटनाको निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गर्न माग गरेका छन्।

घटनामा दोषी देखिने जोसुकैलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने भन्दै उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्था सुदृढ गर्न र आवश्यक नीति तथा नियम निर्माण गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

सांसद साहले घटनापछि सबै पक्षलाई संयम अपनाउन, अफवाह र उत्तेजनाबाट टाढा रहन तथा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय एकता कायम राख्नसमेत अपिल गरेका छन्।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.