नेशनल लाइफको प्रशिक्षण एवं सांस्कृतिक कार्यक्रम भव्य रूपले सम्पन्न

नेशनल लाइफको प्रशिक्षण एवं सांस्कृतिक कार्यक्रम भव्य रूपले सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सले २०८३ वैशाख महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुको लागि ललितपुर स्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण एवं सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेको सो कार्यक्रममा विभागीय प्रमुखहरू र विभिन्न शाखाका शाखा प्रमुखहरू लगायत कम्पनीका बरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक र अभिकर्ताहरु गरी करिब ३०० जनाको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८३/८३ मा कम्पनीले प्रथम बीमाशुल्क सहित समग्र सूचांकमा उत्कृष्टता हासिल गर्न सफल भएकोमा यस सफलताका लागि सहयोग गर्ने नियमनकारी निकाय, ग्राहक वर्गहरू, अभिकर्ता साथीहरू लगायत कम्पनीसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे साथै उनले नयाँ आर्थिक वर्षको शुभकामना व्यक्त गर्दै ग्राहकहरुलाई अझ बढी सेवा र सुविधा प्रदान गर्न थप जिम्मेवार भएर आआफ्नो स्थानबाट सहयोग गर्दै अघि बढाउन निरन्तर साथ मिल्ने अपेक्षा सहित अभिकर्ता संजाललाई थप मजबुत बनाउने तर्फ कम्पनीको विशेष ध्यान रहने विचार व्यक्त गरे।

कार्यक्रममा आमन्त्रित अभिकर्ताहरुलाई चर्चित प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रकै अन्तर्राष्ट्रिय उपाधि एमडिआरटीको लक्ष्य पूरा गर्नका लागि अपनाउनु पर्ने क्रियाकलापहरूको बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै गहन प्रशिक्षण प्रदान गरेका थिए। 

कार्यक्रमको समापनतर्फ स्ट्याण्ड अप कमेडियन सुमन कार्कीको प्रस्तुति सहित नेपालका चर्चित कलाकारहरु रामचन्द्र काफ्ले र जुनु रिजालको बेजोड सांगितिक प्रस्तुति रहेको थियो। कन्सर्टको मुख्य आरम्भ नेपलाका चर्चित गायक दीपक बज्राचार्य एण्ड रिदम व्याण्डको लाइभ प्रस्तुति र चर्चित डिजे डिजे अमुको प्रस्तुतिमा सहभागी अभिककर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.