नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विशाल इन्टरप्राइजेजले ‘रिभर इन्डी’ विद्युतीय स्कुटर सार्वजनिक गर्ने

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विशाल इन्टरप्राइजेजले ‘रिभर इन्डी’ विद्युतीय स्कुटर सार्वजनिक गर्ने

काठमाडौं : नेपालको विद्युतीय दुईपांग्रे सवारीसाधन बजारमा नयाँ प्रिमियम स्कुटर थपिने भएको छ। विशाल इन्टरप्राइजेज नेपालले भारतको चर्चित विद्युतीय स्कुटर रिभर इन्डी आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो मार्फत नेपाली बजारमा सार्वजनिक गर्ने भएको हो।

औपचारिक सार्वजनिक हुनुअघि रिभर इन्डी काठमाडौंका विभिन्न सडकमा परीक्षणका क्रममा देखिएको थियो। विशेषगरी ह्वाइट गुम्बा क्षेत्रको उकालो सडकमा गरिएको परीक्षणले स्कुटरलाई नेपाली सडक तथा भौगोलिक अवस्थाअनुसार मूल्यांकन गरिएको संकेत दिएको छ।

नेपालमा पछिल्ला वर्षहरूमा विद्युतीय दुईपांग्रे सवारीको माग तीव्र रूपमा बढिरहेको छ। उपभोक्ताले राम्रो रेन्ज, उच्च कार्यसम्पादन, मजबुत निर्माण तथा दैनिक प्रयोगका लागि उपयुक्त स्कुटर खोजिरहेका बेला रिभर इन्डीले ती आवश्यकतालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ। ‘एसयूभी अफ स्कुटर्स’को अवधारणासहित विकास गरिएको यो स्कुटर नेपालका शहरी तथा ग्रामीण दुवै प्रकारका सडकलाई लक्षित गरी तयार गरिएको कम्पनीको दाबी छ।

भारतको बेङ्गलुरुस्थित विद्युतीय सवारी निर्माता रिभर ले उत्पादन गरेको इन्डीले अन्तर्राष्ट्रिय स्तरमा पनि उल्लेखनीय पहिचान बनाइसकेको छ। यसले रेड डट डिजाइन कन्सेप्ट अवार्ड २०२४ र रेड डट प्रोडक्ट डिजाइन अवार्ड २०२५ प्राप्त गर्ने एकमात्र भारतीय दुईपांग्रे सवारीको रूपमा सफलता हासिल गरेको कम्पनीले जनाएको छ।

स्कुटरमा ४ किलोवाट–आवरक्षमताको ब्याट्री जडान गरिएको छ। यसले एकपटकको पूर्ण चार्जमा आईडीसी मापदण्डअनुसार १६० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ भने १८ डिग्रीसम्मको उकालो चढ्न सक्ने क्षमता, १७७ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १४ इन्चका पाङ्ग्रा, ५५ लिटर क्षमताको स्टोरेज, विशेष राइडर फुटपेग तथा ८ वर्षसम्मको वारेन्टी उपलब्ध हुने जनाइएको छ। नेपाली बजारका लागि रिभर इन्डीको अधिकतम खुद्रा मूल्य (एमआरपी) ३ लाख ७० हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

विशालन इन्टरप्राइजेजका अनुसार नाइमा नेपाल मोबिलिटी एक्स्पोमा आगन्तुकले रिभर इन्डीलाई प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्। अन्तर्राष्ट्रिय स्तरमा पुरस्कार प्राप्त डिजाइन, उच्च कार्यसम्पादन र व्यावहारिक विशेषताका कारण यो स्कुटर एक्स्पोका प्रमुख आकर्षणमध्ये एक बन्ने अपेक्षा गरिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.