कुवेतबाट धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग
काठमाडौं: वैदेशिक रोजगारीको सिलसिलामा कुबेत पुगेका नेपालीले भूकम्पपीडितको सामूहिक घर बनाउन सक्रिय धुर्मुस सुन्तली फाउनडेसलाई सहयोग गरेका छन्।
कुबेतमा रहेका नेपालीले ८२ हजार ८ सय ४७ रुपैयाँ सहयोग गरेका छन् । नारायण प्रसाद धितालको सक्रियतामा रकम संकलन गरिएको हो ।
कुवेतमा रहेका नेपालीले धुर्मुस सुन्तली फाउन्डेसनको कृषि विकास बैंकको खातामा रकम जम्मा गरेको कुवेतबाट राङडोल लामाले अन्नपूर्णलाई जानकारी दिए।
गत वर्षको बैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति भएका घरलाई नमुना बस्ती बनाउने अभियानमा कुवतेमा रहेका नेपालीले सहयोग जुटाएका हुन्।
कुवेतको हेस्को क्याममा धुर्मुस र सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गर्नेहरु