माओवादीको प्रदेश इन्चार्जमा हेरफेर, को कहाँ पुगे?
काठमाडौं : नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ। सोमबार बसेको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो। माओवादीले प्रदेश स्तरीय इन्चार्जको जिम्मेवारी हेरफेर गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए।
उनका अनुसार कोशी प्रदेशमा हरिबोल गजुरेल, मधेस प्रदेशमा मातृका यादव, बागमती प्रदेशमा हितमान शाक्य, गण्डकी प्रदेशमा दिनानाथ शर्मा, लुम्बिनी प्रदेशमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा गिरिराजमणि पोखरेललाई जिम्मेवारी दिइएको हो।
त्यस्तै विशेष प्रदेशमा जयपुरी घर्ती, प्रवासअन्तर्गत सार्क समितिमा लक्ष्मण पन्त, युरोप-अमेरिकामा राम कर्की र एसिया समितिमा ओम शर्मालाई जिम्मेवारी तोकेको प्रवक्ता सापकोटाको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !