भारत-जापान र अमेरिकाको अभ्यासमा चीनको हस्तक्षेप

भारत-जापान र अमेरिकाको अभ्यासमा चीनको हस्तक्षेप

ओकिनावा (जापान): पश्चिम प्रशान्त महासागरमा जारी जारी अमेरिका, भारत र जापानको संयुक्त समुद्री सैन्य तालिममा चीनले हस्तक्षेप गरेको छ।

तीन देशका सैनिकहरु युद्धक समुद्री बहानसहित तालिममा व्यस्त रहेका बेला चिनियाँ युद्धक जहाजले तालिममा अवरोध पुर्‍याएको हो ।


बुधवार चीनको एक जासुसी जहाजले अमेरिकाले अमेरिकाको युद्धक जहाज अवतरण गराउने अत्याधुनिक र शक्तिशाली जोन सी स्टेनिसलाई पछ्याउँदै उसको नजिकै पुगेको थियो ।

चीनले आफ्नो दबदबा कायम गर्न लामो समयदेखि जुटिरहेको क्षेत्रमा तीन देशले सैन्य तालिम गरेको पाएपछि हस्तक्षेप गरेको हो ।

यही क्षेत्रमा आफ्नो प्रभाव बढाउनका लागि चीनले आफ्ना पनडुब्बी र युद्धक जहाजलाई दक्षिण चीन सागरमा तैनाथ गरेको छ । चीनले दक्षिण चीन सागरमाथि कृत्रिम द्वीपसमेत तयार गरेर आफ्नो युद्ध जहाज पनि उतारिसकेको छ ।

बेइजिङले पश्चिमी प्रशान्त महासागरीयक्षेत्रलाई बाँकी विश्वका लागि आफ्नो आपूर्ति मार्गका रुपमा विकास गर्न खोजिरहेको छ । चीनले यही कारण यो क्षेत्रमा

यही कारण चीनले यो क्षेत्रमा तीब्रगतिमा नौ सैन्य क्षमता तीब्रगतिमा वृद्धि गरेको छ । जापानका एक नौसैन्य अधिकारीले अमेरिकी युद्ध वहान स्टेनिसलाई पछ्याउँदै चिनियाँ जहाज नजिकै आएको पुष्टि गरेका छन् ।


समाचार अनुसार भारत, जापान र अमेरिकाको स‌ंयुक्त नौ सैन्य अभ्यास दक्षिण चीन सागरको नजिकै चलिरेहको छ । गत शुक्रबारबाट यी तीन देशबीचको संयुक्त सैन्य अभ्यास शुरु भएको थियो ।

यो तालिममा अमेरिकाको एक लाख टन तौल भएको एयरक्राफ्ट क्यारियर जोन सी स्टेनिस पनि सहभागी छ । यो जहाजमा एफ-१८ फाइटरलाई जेट समुद्रमा तैनाथ गर्न सकिन्छ ।

यो सैन्य अभ्यासमा स्टेनिस जस्तै अन्य ९ वटा युद्धक जहाज र जापानको एउटा हेलिकोप्टर पनि सहभागी छ ।

भारतले यो सैन्य अभ्यासमा सतपुडा, सहयाद्री, शक्ति र किर्च युद्धक नौसैन्य जहाज सहभागी गराइरहेको छ । भारत र अमेरिकाले सन् १९९२ देखि नै लगातार यो सैन्य अभ्यास गर्दै आएका छन् ।

चीनले दक्षिण चीन सागरमा जस्तै पश्चिममी प्रशान्त महासागरीय क्षेत्रमा पनि आफ्नो दाबी गर्दै आएको छ । यस इलाकालाई जापानले आफ्नो भन्दै आएको छ ।

यो महासागरीय इलाकामा करिब २ सय समुद्री द्वीप रहेका छन् । यिनीहरुमा केही ताइवानतर्फको इलाकामा पनि पर्दछन् ।

जापानले आफ्नो इलाकाको समुद्रीक्षेत्रमा राडार स्टेसन एन्टी सिप मिसाइल ब्या ब्याट्री पनि तैनाथ गरिरहेको छ ।

जापानले अमेरिका र भारतसँग मिलेर चीनलाई घेर्ने कोशिसमा उत्रेपछि चीनले पनि तत्कालै जबाफ दिन खोजेको हो । अमेरिकाको चीन घेर्ने नीति अनुसार ताइवान पनि अहिले चीनविरुद्ध उभिएको छ ।

अघिल्लो दिन पुर्वी दक्षिण चीन सागरको समुद्री इलाकामा चीनका जहाज करिब २८ माइल भित्रको अन्तर्राष्ट्रिय समुद्री क्षेत्रसम्म आएका थिए ।

अमेरिकासँग सहकार्य बढाएको भारत यस सैन्य अभ्यासमा भाग लिएर चीनलाई चेतावनी दिइरहेको छ । भारत कयौं पटक हिन्द महासागरमा समेत चीनको हस्तक्षेपविरुद्ध विरोधमा उत्रँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.