ट्रम्पको खुलासा- टिकटकलाई माइक्रोसफ्टले किन्ने विषयमा छलफल भइरहेको छ

ट्रम्पको खुलासा- टिकटकलाई माइक्रोसफ्टले किन्ने विषयमा छलफल भइरहेको छ
सुन्नुहोस्

काठमाडौं : चिनियाँ एप टिकटकलाई अमेरिकी कम्पनी माइक्रोसफ्टले किन्ने विषयमा छलफल भइरहेको खुलासा भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयको खुलासा गर्दै टिकटकलाई माइक्रोसफ्टले किन्ने विषयमा कुराकानी भइरहेको बताए।

एक साताअघि अमेरिकामा टिकटक बन्द भएलगत्तै माइक्रोसफ्टले खरिद गर्ने विषयमा छलफल गरिरहेको ट्रम्पले बताए। माइक्रोसफ्टले टिकटकका लागि जति पनि बोली लगाउन सक्ने ट्रम्पको दाबी छ।

'टिकटक अधिग्रहण गर्ने विषयमा अमेरिकाका धेरै कम्पनीहरूसँग छलफल भइरहेको छ। सम्भवतः ३० दिनभित्र यस विषयको छिनोफानो हुन्छ,' ट्रम्पको भनाइ उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ। अमेरिकामा टिकटकको १७ करोड प्रयोगकर्ता रहेका छन्।

गत जनवरी १९ मा चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकामा टिकटक सेवा बन्द गरेको थियो। टिकटकलाई प्रतिबन्ध गर्ने अमेरिकी कानुन लागू हुनुअघि नै बाइटडान्सले सेवा बन्द गरिदिएको थियो। तर, राष्ट्रपति ट्रम्पको आश्वासनपछि एक दिनपछि नै अमेरिकामा टिकटक सञ्चालनमा आएको थियो।

ट्रम्पले राष्ट्रपतिमा सपथ लिएलगत्तै टिकटकसम्बन्धी नयाँ कार्यकारी आदेश जारी गरेका थिए। उक्त आदेशअन्तर्गत टिकटकलाई अमेरिकी साझेदारलाई बिक्री गर्ने ७५ दिनको समय दिइएको छ। 

बाइटडान्सले सो अवधिमा अमेरिकी कम्पनीलाई कम्तीमा ५० प्रतिशत हिस्सा बिक्री गर्नुपर्ने छ। यदि अमेरिकी कम्पनीलाई उक्त हिस्सा बिक्री नगरिए ७५ दिनपछि टिकटक पुनः अमेरिकामा बन्द हुनेछ। टिकटकलाई कि अमेरिकी साझेदारलाई बेच्ने वा बन्द गर्नेबाहेक विकल्प नरहेको ट्रम्पले यसअघि नै बताइसकेका छन्। चिनियाँ कम्पनी बाइटडान्सले भने अमेरिकालाई ५० प्रतिशत हिस्सा बिक्री गर्न आनाकानी गरिरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.