पाकिस्तानको आणविक कार्यक्रमले भारतसँग युद्धको खतरा

पाकिस्तानको आणविक कार्यक्रमले भारतसँग युद्धको खतरा

एजेन्सी: पाकिस्तानले तीब्रगतिमा आणविक कार्यक्रम अघि बढाएपछि भारतसँग परमाणु यद्धको खतरा बढ्दै गएको छ ।

पाकिस्तानको तर्फबाट आणविक आपूर्तिकर्ता समूह (एनएसजी) मा सामेल हुने प्रयसालाई तीब्र पारिरहेका बेला अमेरिकी कांग्रेसमा पेश गरिएको एक प्रतिवेदनमा यो कुरा उल्लेख गरिएको छ ।

आणविक आपूर्तिकर्ता समूहमा भारतको प्रवेशका लागि अमेरिका र मेक्सिकोसहितका देशले समर्थन गरेपछि पाकिस्तानले पनि यो समूहमा प्रवेश पाउनका लागि आफ्नो 'लबिङ' तीब्र बनाएको हो ।

अमेरिकी कांग्रेसको रिसर्च सर्भिस (सीआरएस) को तर्फबाट हालैमा पेश गरिएको प्रतिवेदन अनुसार भारतले आणविक आपूर्तिकर्ता समूहको सदस्य हुने दौड तीब्र पारिरहँदा पाकिस्तानले पनि आणविक हतियार निर्माणकार्य तीब्र पारेको जनाइएको छ ।

आणविक हतियार निर्माणका लागि परमाणु परीक्षण अभियानलाई पाकिस्तानले तीब्र बनाइरहँदा अमेरिकी संसद्मा दक्षिण एसियका यी दुई देशबीच आणविक लडाइँ हुने चिन्ता व्यक्त गरिएको हो ।

नन पोलिफिरेशनका विश्लेषक पल के के र अर्का विज्ञ म्यारी बेथको तर्फबाट 'पाकिस्तानको परमाणु हतियार' नाम दिएर तयार गरिएको प्रतिवेदनमा पाकिस्तानसँग अहिले ११० देखि १३० को संख्यामा परमाणु हतियारको भण्डार रहेको छ । प्रतिवेदनमा पाकिस्तानसँग रहेको परमाणु हतियारको संख्या अझै धेरै हुनसक्ने अनुमान गरिएको छ ।

प्रेस ट्रस्ट अफ ईन्डियालाई १४ जुनमा प्राप्त भएको यो प्रतिवेदनको प्रतिमा उल्लेखित प्रतिबेदनलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले पाकिस्तानसँग लगातार परमाणु हतियारको संख्या बढ्दै गइरहेको जनाएका छन् ।

पाकिस्तानले भारतविरुद्ध जुनसुकै बेला हुनसक्ने युद्धको तयारीका लागि परमाणु हतियार भण्डारणलाई तीब्र पारेको दाबी समाचारमा गरिएको छ ।

 

सीआरएस अमेरिकी कांग्रेसको एक स्वतन्त्र अनुसन्धान निकाय हो । जसले बेला बेलामा अमेरिकी संसद्मा विश्वका विभिन्न देशबारे विभिन्न विषयमा प्रतिवेदन दिइरहन्छ ।

यस समूहको धारणालाई आधिकारिकरुपमा अमेरिकी कांग्रेसको धारणा नमानिएपनि यसले दिने प्रतिवेदनलाई भने अर्थपूर्णरुपमा लिइन्छ ।

३० पृष्ठको यो प्रतिवेदन ४८ देश सदस्य रहेको एनएसजीको दौडका लागि पाकिस्तान अमेरिकाको सहयोगको खोजीमा रहेका बेला आएको हो ।

रिपोर्टमा आफ्नो आणविक कार्यक्रमको सुरक्षाको पूर्ण प्रत्याभूति रहेको देखाउन पाकिस्तानले कयौं पटक अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्ने प्रयास गरेको जनाइएको छ ।

प्रतिवेदनमा पाकिस्तानले तीब्रगतिमा आणविक हतियारको विकास गरिरहेका बेला अब उसको कार्यक्रम प्रश्न घेरामा परेको पनि जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.