एसएलसीमा डी र ई ल्याउनेलाई १८ महिने कोर्स

 एसएलसीमा डी र ई ल्याउनेलाई १८ महिने कोर्स

काठमाडौं: एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई लक्षित गरेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले १८ महिने प्राविधिक शिक्षा पढाउने भएको छ।

एसएलसीको नतिजाअनुसार सामान्य धारका पढाइमा भर्ना हुन नसक्ने र भर्ना हुनसक्ने क्षमता भए पनि प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीले यो कोर्स पढ्न पाउनेछन्।

उच्च माध्यमिक शिक्षा परिषद्ले आफूअन्तर्गतका उच्च माविमा भर्ना हुन ग्रेड प्वाइन्ट एभरेज (जीपीए) अन्तर्गत न्यूनतम १ दशमलव ६ ल्याउनुपर्ने निर्णय यसअघि नै गरिसकेको छ । १ दशमलव ६ ग्रेडअन्तर्गत सामान्य बुझाइमा ३० देखि ४० अंकसम्म ल्याउने विद्यार्थी पर्छन्।

सीटीईभीटीका सदस्यसचिव डा. रामहरि लामिछानेका अनुसार यस कोर्सअन्तर्गत ३३ वटा विषयको पढाइ सञ्चालन गर्ने निर्णय शुक्रबार गरिएको हो । उनका अनुसार ती विषयको पाठ्यक्रम निर्माणका लागि छलफल सुरु भएको छ।'दुई साताभित्रमा पाठ्यक्रम तयार गरिसक्छौं’, लामिछानेले भने । सीटीईभीटीले यस कोर्सलाई टी एसएलसी भनेको छ।

३३ वटा विषयको पढाइ सञ्चालन गर्ने भनिए पनि विषयअनुसार कुनै विषयलाई एक वर्षको पढाइ तथा ६ महिना अन द जब ट्रेनिङ (ओजेटी) र कुनै विषयमा १५ महिने पढाइ र तीन महिना ओजेटी गराइनेछ । लामिछानेले भने,'सबै विषय एकै प्रकृतिका हुँदैनन्।

 

 

कुनै विषयमा धेरै समय अभ्यासमूलक काम गर्नुपर्छ। कुनैमा थोरै समय गरे पनि पुग्छ। त्यसैले पढाइ सकिने समयावधि एउटै भए पनि सैद्धान्तिक र अभ्यासमूलक कार्य फरकफरक भएका हुन्।'

सीटीईभीटीले १८ महिने कोर्सको ढाँचा तयार गरेसँगै यसअघि सञ्चालन गर्दै आएको १५ महिने र २९ महिने टीएसएलसीको पढाइ खारेज भएको लामिछानेले बताए। यसअघि १५ महिने कोर्स एसएलसीमा उत्तीर्ण भएका विद्यार्थीलाई र २९ महिने कोर्स एसएलसी अनुत्तीर्ण विद्यार्थीलाई लक्षित गरेर तयार गरिएको थियो।

सीटीईभीटीसँग यी सबै शैक्षिक संस्थामा गरेर २५ हजार विद्यार्थीलाई भर्ना गर्नसक्ने क्षमता छ। लामिछानेले भने,'एकदुई हजार बढी पनि हुनसक्छ।' यसै वर्षदेखि एसएलसी नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएपछि सीटीईभीटीले नयाँ कोर्स तयार गरेको हो।

ग्रेड पद्धतिअनुसार २० देखि ३० अंकसम्म ल्याउने विद्यार्थीलाई डी तथा २० भन्दा थोरै अंक ल्याउने विद्यार्थीलाई ई दिइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

कक्षा ११ को पढाइ साउन १५ देखि


एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएसँगै उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।

जसअनुसार कक्षा ११ को पढाइ सञ्चालन साउन १६ गतेदेखि हुनेछ।

कक्षा १२ को पढाइ साउन २ गतेबाट सुरु गरिने परिषद्ले शनिबार सार्वजनिक गरेको तालिकामा उल्लेख छ। तर अधिकांश उच्च माविले कक्षा १२ को पढाइ एक साताअघि नै सुरु गरिसकेका छन्।

कक्षा १२ मा विद्यार्थी भर्ना साउन १ गतेभित्र तथा ११ को भर्ना साउन १५ अघि नै सक्नुपर्ने कार्यतालिकामा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.