साहित्यकारको फुटबल
काठमाडौं: साहित्यिक पत्रिका शशांकको आयोजनामा राजधानीमा शनिबार पहिलो साहित्यिक मैत्रीपूर्ण फुटबल खेल भएको छ।
सगरमाथा र लुम्बिनी दुई टिममा विभाजित भई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा खेलिएको खेलमा लुम्बिनीले दुई र सगरमाथाले एक गोल गरेका थिए।
डा. शैलेन्दुप्रकाश नेपालको नेतृत्वमा सगरमाथा टोलीमा मणिराज सिंह, बालिका गिरी, लक्ष्मी उप्रेती, राधेश्याम लेकाली, रामप्रसाद पन्त, श्याम रिमाल, सन्ध्या पहाडी, उमेश पाण्डे, सुनीता सापकोटा, अञ्जना पौडेललगायत थिए भने जसध्वज गुरुङको नेतृत्वमा खेलेको लुम्बिनी टिममा नरेन्द्रबहादुर श्रेष्ठ, बाबा बस्नेत, भाग्यशाली अधिकारी, गीता कार्की, सुलोचना मानन्धर, दामोदर पुडासैनी, शशि थापा, राधा कार्की, रामबाबु सुवेदी, गुप्तबहादुर श्रेष्ठ, रत्नप्रसाद अनामणि, कृष्ण प्रसाई, उदास कार्कीलगायत थिए।
खेल उद्घाटन गर्दै संस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेलले फुटबलले साहित्यकारलाई मनोरञ्जनका साथै पुनर्ताजगी प्रदान गर्ने बताए।
उनले साहित्यकारका लागि नयाँ थालनी भएको र यसले ऊर्जा दिने बताए। नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानले गर्नुपर्ने काम निजी क्षेत्रबाट भएको भन्दै तारिफ गरे।