पत्रकारको माइक्रोफोन फालिदिए रोनाल्डोले

पत्रकारको माइक्रोफोन फालिदिए रोनाल्डोले

पेरिस: जारी युरोकप फुटबल प्रतियोगितामा आफ्नो टोली पोर्चुगलले समुहगत चरणमै जितका लागि संघर्ष गर्नुपरेपछि त्यसको सबैभन्दा बढी दबाब कप्तान क्रिस्टियानो रोनाल्डोलाई परेको छ ।

रोनाल्डोले त्यही दबाबलाई आक्रोशकारुपमा पत्रकारसँग पोखेका छन् । रोनाल्डोले बुधबार ह‍ंगेरीविरुद्धको खेलअघि आफूसँग अन्तर्वाता लिन आएका सञ्चारकर्मीमाथि दुर्व्यवहार गर्नसमेत पछि परेनन् । रोनाल्डोले ती सञ्चारकर्मीको माइक्रोफोन नै खोसेर नजिकै रहेको पोखरीमा फ्याँकिदिए ।

रोनाल्डो पेरिस नजिकै रहेको आफु बसेको होटल परिसरमा आफ्ना सहकर्मीसँगै पोखरीतिर घुम्न निस्किएका थिए । त्यसैबेला पोर्चुगिज भाषा बोल्ने एक सञ्चारकर्मी उनी नजिक पुगेर प्रश्न गर्न थाले । ती सञ्चारकर्मीले ‘के तपाईँ हंगेरीविरुद्धको खेलका लागि तयार हुनुहुन्छ ?’ भनेर रोनाल्डोसँग प्रश्न सोधेका थिए । तर रोनाल्डोले ती सञ्चारकर्मीको प्रश्नको जवाफ दिएनन् ।

रोनाल्डोले ती सञ्चारकर्मीको प्रश्नको उपेक्षा गरेनन् मात्रै, ती सञ्चारकर्मीले बोकेको माइक्रोफोनसमेत खोसेर नजिकैको पोखरीमा फ्याँकिदिए ।

त्यसपछि रोनाल्डो आफ्ना सहकर्मीसँगै त्यहाँबाट निस्किए । जारी युरोकप फुटबलमा टोलीलाई अगाडी बढाउन नसकेपछि रोनाल्डो निकै दबाब र तनावमा देखिएका थिए । पोर्चुगल प्रतियोगिताको समुहगत चरणको आफ्नो सुरुवाती दुई खेलमा जितबिहीन बनेको थियो ।

तर रोनाल्डोले समूह चरणको अन्तिम खेलमा हंगेरीविरुद्ध दुई गोल त गरे जित भने दिलाउन सकेनन् । यद्यपि पोर्चुगल तीन खेलमै बराबरी खेल्दै उत्कृष्ट तेस्रो चार टीममा परेर अन्तिम १६ मा पुग्न सफल भयो ।

 

पोर्चुगलले आइसल्यान्डसँग १–१ र अष्ट्रियासँग गोलरहित बराबरी खेल्दा रोनाल्डोले टोलीका लागि गोल गर्न सकेका थिएनन् ।

जारी युरोकपमा टोलीका दुई खेलमा लागि गोल गर्न असफल बनेका रोनाल्डोले तेस्रो खेलमा गोल गरेपनि दुई गोल गरे । पहिलो खेलमा बिपक्षी टोलीविरुद्ध नकारात्मक टिप्पणी गरेर उनी आलोचित बनेका थिए ।

रोनाल्डोले आइसल्यान्डले पहिलो खेल बराबरीमा टुंग्याए पनि युरोकप नै जितेजस्तो गरी खुसीयाली मनाएको प्रतिकृया दिएका थिए ।

रोनाल्डोले आइसल्यान्डले खेल अवधिभर रक्षात्मक खेल खेलेको र फुटबलमा त्यो संकीर्ण मानसिकता भएको तर्क पनि गरेका थिए ।

त्यसको पाँच दिनपछि अष्ट्रियाविरुद्ध पेनाल्टी प्रहारको अवसर समेत सदुपयोग गर्न नसकेपछि रोनाल्डोको थप आलोचना भएको थियो ।

पेनाल्टी प्रहारमा समेत गोल गर्न चुकेपछि पोर्चुगल महत्वपुर्ण खेलमा अष्ट्रियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.