सफाचट देखिने मेसीले किन पाले दाह्री ? यस्तो छ रहस्य

सफाचट देखिने मेसीले किन पाले दाह्री  ?  यस्तो छ रहस्य

एजेन्सी: कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा पुगेको अर्जेन्टिनाका विश्वचर्चित फुटबलर लियोनेल मेसी अहिले उनको दाह्रीका कारण चर्चामा छन् ।

यसअघि बार्सिलोना या अर्जेन्टिनाबाट खेल्दा सफाचट भएर चिल्ला गालामा मैदानमा उत्रने मेसी यो पटक झुस्स खैरा दाह्रीमा देखिएका छन् ।

सधैं सफाचट देखिने मेसीले दाह्री पालेपछि धेरै नसुहाएको टिप्पणी पनि गरिरहेका छन् । फाइनल प्रवेशका लागि अमेरिकाविरुद्ध फ्री किकबाट सुन्दर गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक ५५ गोल गर्ने खेलाडी बन्दै मेसीले नयाँ उचाईं पनि हासिल गरेका छन् ।

एकातर्फ अर्जेन्टिनालाई लगातार सफल बनाइरहेका मेसीले पालेको दाह्रीका कारण प्रशंसकमा उत्सुकता बढेको छ ।

मेसी साधरणतया आफ्नो 'चकलेटी' लुकले परिचित छन् । तर अब उनले पालेको दाह्रीले उनका समर्थकमा भने दिनप्रतिदिन उत्सुकता बढाइरहेको छ ।

मेसीले आफ्नो स्वरुप परिवर्तन गर्नैका लागि दाह्री पालेका हुन् या अरु पनि केही कारण छ ? मेसीका करोडौं फ्यानको दिमागमा अहिले यो प्रश्न घुमिरहेको छ । तर मेसीले दाह्री पाल्नुको कारणबारे 'गोलमोटोल' जबाफ दिएर प्रशंसकको उत्सुकता झनै बढाइदिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेसीले कोपा अमेरिकाको फाइनल खेल अगाडि दाह्री नकाट्ने दृढता लिएका छन् ।

समाचार अनुसार मेसीको दाह्रीसँग अमेरिकामा जारी कोपा अमेरिकामा अर्जेन्टिनाले अहिलेसम्म पाएको सफलताको रहस्य जोडिएको छ ।

मेसी कोपा अमेरिकाको फाइनलमा पुगेजस्तै अब चिलीलाई हराउँदै उपाधि नै चुम्नेतर्फ केन्द्रित भएका छन् । सोही कारण उनले कोपा अमेरिकाको फाइनल अगाडि मेसीले दाह्री नकाट्ने निर्णय लिएका हुन् ।

 

२८ वर्षीय मेसीले आफूले दाह्री काट्न खोजे पनि आफ्ना फुटबलर साथीहरुले काट्नै नदिने प्रतिक्रिया दिएका छन् । उनले यस्तो प्रतिक्रिया दिएपछि उनको दाह्रीबारेको रहस्य अझै बढाएका छन् ।

अर्जेन्टिना सेमिफाइनलमा आयोजक अमेरिकालाई ४-० ले पराजित गर्दै फाइनलमा पुगेको हो । उसले यो पटक गत संस्करणको बिजेता चिलीसँग उपाधिकालागि भिडन्त गर्नेछ ।

अर्जेन्टिना र चिलीबीच कोपा अमेरिकाको सयौं संस्करणको फाइनल भिडन्त यही आइतबार हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.