जापानी फुटबल एकेडेमीमा नेपाली प्रशिक्षक
काठमाडौंः पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचनले जापानमा व्यावसायिक फुटबल प्रशिक्षण यात्रा प्रारम्भ गरेका छन् । गौचनलाई जापानको फनरुट्स फुटबल एकेडेमीले प्रशिक्षकको रूपमा अनुबन्ध गरेको हो । फनरुट्स टोकियोमा अवस्थित व्यवसायकी फुटबल एकेडेमी हो ।
फनरुट्सको जर्मन टोली बोरुसिया डर्टमुन्डसँग ‘टाइ अप’ छ । डर्टमुन्डले जापानमा आफ्नो एकेडेमी र फुटबल स्कुल पनि चलाएको छ । डर्टमुन्डबाट हरेक वर्ष फनरुट्समा युवा खेलाडीलाई प्रशिक्षण दिन प्रशिक्षक आउने गर्छन् ।
फनरुट्समा उनी स्पोर्ट्सको विद्यार्थीका प्रशिक्षकलाई इन्स्ट्रक्टर पनि गर्छन् । पुमा सकर क्लब, चोफुओचुकाको स्कुल टिममा ६ वर्षदेखिको १२ वर्षसम्मकालाई तथा कोमाजावा सकर क्लबमा चारदेखि १० वर्षका खेलाडीलाई प्रशिक्षण दिन्छन् । यी तिनै फनरुट्सका अन्तर्गतका शाखाहरू हुन् । गौचनले एकेडेमीबाट वार्षिक ५५ लाख रुपैयाँ पारि श्रमिक पाउनेछन् ।
‘यो एकेडेमीस“ग जोडिएर मैले आफ्नो स्तरलाई अझै माथि लाने अवसर पाएको छु, यस एकेडेमीमा युरोपका प्रशिक्षकहरू आउँछन् । त्यसबाहेक जापानको वरिष्ठ प्रशिक्षक र पूर्वखेलाडीले प्रशिक्षण दिने हुनाले मैले पनि धेरै सिक्ने अवसर पाउने छु’, गौचनले भने । एएफसीको बी लाइसेन्स प्रशिक्षक गौचनले जापानमा आफ्नो जिम्मेवारी पूरा गर्नेमा विश्वस्त रहेको पनि बताए ।
सन् २०१२ मा जर्मनीमा गौचनले ‘बी’ लाइसेन्स र युरोपियन कोर्स गरेका थिए । यसअघि उनले एफसी मावाशी फुटबल क्लबबाट दुई वर्ष स्वयम्सेवी प्रशिक्षण गरेका थिए । गौचन यसैलाई आफूअगाडि बढ्नुको कारण मान्छन् ।
उनले सन् २०१२ देखि २०१४ मा मावासीमा प्रशिक्षण दिएका थिए । त्यसपछि उनले जेएसीपीए फुटबल एकेडेमीमा प्रशिक्षण दिएका थिए । गौचनलाई हाल फुनरुट्सका मालिक जुन हिरानोले उक्त अवसर दिएका हुन् । पाँच महिनाअघि हिरानोलाई लिएर गौचन नेपाल आएका थिए ।
सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा नेपाललाई रजत दिलाउँदा गौचन नेपाली टोलीका मुख्य हतियार थिए ।