काफिया र मानता बोल्छ सार्वजनिक

काफिया र मानता बोल्छ सार्वजनिक

काठमाडौं: जितेन्द्र रसिकको गजल संग्रह ‘काफिया' र ऋद्धिलक्ष्मी कायस्थको कविता संग्रह ‘मौनता बोल्छ' शुक्रबार राजधानीमा विमोचन गरिएका छन् ।

भक्तपुर साहित्यिक समाजले आयोजना गरेको कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, वरिष्ठ गीतकार राजेन्द्र थापा, गीतकार एवं गजलकार गोपीकृष्ण ढुंगाना र कृष्णलाल प्रधानले दुई कृतिको विमोचन गरेका हुन् ।

पौडेलले रसिकका फूलमा दुई चार काँडा भएझैं रसिकलाई कमजोर देखाउनेहरु छन् भने उनको साहित्यिक यात्रा अझ अघि बढ्ने बताए ।

गजलमा काव्यात्मक सुवास भएको बताउँदै उनले भने, ‘अहिले गजललाई साहित्यिक विधा नमान्ने आवाज आइरहेको छ तर रसिकजस्तै उदियमान गजलकारहरुको सशक्त कलमले यसको जवाफ दिँदैछ ।' उनले कायस्थका कृति पहिलो भए पनि कविताहरु उदियमानजस्ता नलागेको बताए ।

थापाले अधिकांश गजलमा गेयता र गीतिपन रहेको बताए । उनले ९० प्रतिशत गजलकारमा गेयता नभएको बताए । उनले कायस्थका कवितामा संभावना रहेको बताए ।

रसिकको कृतिमाथि समीक्षा गर्दै गजलकार गोपीकृष्ण ढुंगानाले गजलहरुले जीवन र जगतलाई समेटेको बताए । उनले भने, ‘रसिकले गजलमा जीवनमा देखिएका भ्रमहरुलाई पनि जीवन्त प्रस्तुत गरेका छन् ।' कार्यक्रममा समाजका अध्यक्ष राजुराम मुनकर्मी, विना पन्त लोहनीलगायतले बोलेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.