सहमति खोज्न भन्दै संसद् फेरि स्थगित
![सहमति खोज्न भन्दै संसद् फेरि स्थगित](https://annapurnapost.prixacdn.net/media/albums/576f72efb33021.92868730_Gx8w6cO5si.jpg)
काठमाडौंः भूकम्पपीडितलाई घर निर्माणमा उपलब्ध गराइने रकमको वितरण प्रक्रियाबारे सहमति जुटाउन भन्दै संसद् बैठक एक घन्टाका लागि स्थगित भएको छ ।
भूकम्पपीडितलाई वितरण गरिने दुई लाखद रकम तत्कालन दिन माग गर्दै कांग्रेस अवरोध गरिरहेको संसद् बैठक सभामुख ओनसरी घर्तीले सहमतिका लागि भन्दै एक घन्टाका लागि स्थगित गरेकी हुन् ।
बैठकको शुरुमै कांग्रेसका सांसद् अर्जुननरसिंह केसीले भूकम्पपीडितलाई दिइने भनिएको २ लाख एक मुष्ट नदिएसम्म बैठक चल्न नदिने जनाएपछि स्थगित हुन पुगेको हो ।
प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तारुढ दलहरुबीच सहमतिका लागि समय दिन बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
बैठक शुरु हुनअघि नै कांग्रेसले अवरोध गर्ने जनाएपछि आजको बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्न पाएनन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)