नेपालमा हिन्दूराज्य फर्काउन मोदीलाई आग्रह

नेपालमा हिन्दूराज्य फर्काउन मोदीलाई आग्रह

काठमाडौंः भारतीय हिन्दुवादी संगठन हिन्दू जनजाग्रुति समितिले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको नयाँ संविधान खारेज गरी पुनः हिन्दुराष्ट्र घोषणाका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

जनजाग्रुति समितिको भारतको गोवामा शनिबार सम्पन्न अल इन्डिया हिन्दू कन्भेसनले यो माग मोदीसमक्ष राखेको समाचार भारतीय चर्चित पत्रिका इन्डियन एक्सप्रेसको अनलाइन संस्करणमा छापिएको छ ।

‘नेपाल सरकार र भारत सरकारबीचको भातृत्वपूर्ण सम्बन्ध संकटमा परेको छ । र, चीनले यो परिस्थितीको नाजाजय फाइदा लिन खोजिरहेको छ । चीनको बढ्दो प्रभाव भारतका लागि घातक छ’, समितिका राष्ट्रिय प्रवक्ता रमेश सिन्धेले भनेका छन् ‘त्यस कारण भारतले समयमै हस्तक्षेप गरी नेपाललाई पुनः हिन्दूराज्यमा फर्काउनुपर्छ ।’

भारतीय जनता पार्टीले नेपाललाई पुनः हिन्दूराज्य बनाउन चोहपनि नेपालका प्रमुख दलहरुले सो आग्रहलाई नमानी धर्मनिरपेक्ष संविधान जारी गरेको आक्रोशमा भारतले नेपालमाथि पाँच महिना आर्थिक नाकाबन्दी लादेको चर्चा राजनीतिक वृत्तमा हुँदै आएको छ ।

यद्यपि भारतले नेपाल पुनः हिन्दूराज्य हुुनुपर्छ भन्ने औपचारिक रुपमा सार्वजनिक अभिब्यक्ति भने दिएको अवस्था छैन ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.