विश्वविजेता जर्मनी युरोकपको अन्तिम आठमा

विश्वविजेता जर्मनी युरोकपको अन्तिम आठमा

काठमाडौंः विश्व च्याम्पियन जर्मनी फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ ।

पेरिसमा भएको खेलमा स्लोभाकियालाई ३–० गोलअन्तरले पराजित गर्दै जर्मनीले सजिलै अन्तिम आठको यात्रा तय गरेको हो ।

जर्मनीले पहिलो हाफको सुरुमै अग्रता लियो । स्लोभाकियाको डी बक्सबाट निस्केको बललाई डी बक्स बाहिरबाट खेलको आठौं मिनेटमा कडा प्रहार गर्दै जेरोमे बोटेङले पहिलो गोल गरे ।

त्यसपछि खेलको १३ औं मिनेटमा पाएको पेनाल्टीलाई मेसुट ओझिलले प्रहार गरेपनि स्लोभाकियाका गोल किपर माटुस कोजासिकले उत्कृष्ट बचाउ गरे ।

तर खेलभरी ५९ प्रतिशत बल पोजिसन बनाएको जर्मनीले ४३ औं मिनेटमा अर्को गोल गर्यो । यो पटक मारियो गोमेजले गोल गर्दै अग्रता २–० मा पुर्याए ।

पहिलो हाफमा २–० को अग्रता लिएको जर्मनीले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ६३ औं मिनेटमा जुलियन ड्रयाक्सलरले गोल गर्दै जर्मनीको क्वार्टरफाइनल यात्रा पक्का गरे ।

अब जर्मनीले इटाली र स्पेनबीच राति भोलि राति हुने स्पेन र इटालीबीचको खेलको बिजेतासँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

आजै साँझ भएको अर्को क्वार्टरफाइनल खेलमा आयोजक फ्रान्सले आयरल्यान्डलाई २–१ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.