अस्ट्रेलियामा वसन्तका कविता

अस्ट्रेलियामा वसन्तका कविता

काठमाडौंः एक दशकदेखि प्रेमिल काव्य सिर्जनामा लागेका कवि एवं गीतकार वसन्त चौधरी कवितामा माया प्रेममात्र होइन देशप्रेमको भावना पनि त्यत्तिकै व्यक्त गर्ने गर्छन् ।

तिनै प्रेममय रचनाका साथ कवि चौधरी अस्ट्रेलियामा रहेका नेपालीहरूमाझ प्रस्तुत भएका छन् । आफ्नो एकल विश्व काव्ययात्राका क्रममा शनिबार अस्ट्रेलियाको सिड्नीमा उनका रचनामा साहित्यप्रेमीहरूले नयाँ साहित्यिक स्वादको अनुभूति गरे ।

सिजी इन्टरटेनमेन्टद्वारा प्रेषित विज्ञप्तिअनुसार सिड्नीवासीमाझ आफ्ना एकल सिर्जना पस्कन पाउँदा साहित्यकार चौधरी उत्साहित देखिन्थे ।

‘म तपाईंहरूको माया र स्नेहका कारण सिर्जनाका शब्दहरू बुन्ने गर्छु ।’ उनले नेपाली भाषा, साहित्य र संस्कृतिलाई प्रवासी नेपालीबीच जीवन्त राख्न विश्व काव्ययात्रा प्रारम्भ भएको पनि जानकारी दिए ।

अस्ट्रेलियाको सिड्नीस्थित प्रवासी नेपालीद्वारा सञ्चालित ‘साताको साहित्य डट कम’को आयोजनामा भएको कार्यक्रम कवि चौधरीको विश्वकाव्य यात्राको १७ औं शृंखला हो ।

कार्यक्रममा समीर आचार्य, सुजाता उपाध्याय मानन्धर र सञ्जीव पराजुलीले चौधरीका केही चर्चित गीतहरू पनि प्रस्तुत गरेका थिए । चौधरीले अस्ट्रेलियाका चर्चित १० जना कविहरूबीच नेपाल–अस्ट्रेलिया काव्यिक अन्तक्र्रिया पनि गरे ।

एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले भने, ‘मन छुने साहित्यिक प्रस्तुतिबाट आनन्द आयो ।’ त्यसैगरी एनआरएन आईसीसी सदस्य बालचन्द्र भट्टराईले थपे, ‘समसामयिक विषयका तिख्खर मायाका कविता समेटिएको यस्तो साहित्यिक कार्यक्रमले वास्तवमै नौलो स्वाद पस्केको छ ।’

सिड्नीपछि अस्ट्रेलियाको अर्को ठूलो सहर मेलवर्नमा पनि उनले आफ्ना रचना प्रस्तुत गरेका थिए । त्यसैगरी आइतबार अस्ट्रेलियाको मेलवर्नस्थित थर्नबरी नाट्य मञ्चमा नेपाली सोसाइटी, ल्याङवेज एण्ड कल्चर (सोलाङ्चर) को आयोजनामा चौधरीको विश्व काव्ययात्राको १८ औं शृंखला प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा कवि चौधरीले आफ्ना नवीनतम र केही चर्चित पुराना गरी डेढ दर्जन कवितावाचन गरेका थिए । कामको चटारोमा हुने अस्ट्रेलियाजस्तो व्यस्त ठाउँमा यति चासो लिएर दर्शक÷ श्रोता उपस्थित हुनु कवि वसन्त चौधरीको कविताप्रतिको सम्मोहन भएको सहभागीहरूको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.