पूर्वाञ्चलकी सुन्दरी कृतिका

पूर्वाञ्चलकी सुन्दरी कृतिका

धरानः मिस पूर्वाञ्चल २०१६ को उपाधि झापाकी कृतिका गिरीले चुमेकी छन् ।

सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालाले ‘तपाईंले राष्ट्रपतिलाई भेट्ने अवसर पाउनुभयो भने के माग्नुहुन्छ’ भनेर प्रश्नमा ‘मैले राष्ट्रपतिलाई भेट्ने अवसर पाए भने भूकम्पपीडितहरू अझै खुल्ला आकाशमुनि दुःखदायी जीवन बिताइरहेकाले भूकम्पपीडितहरूको पुनस्र्थापना गर्न माग गर्छु’ भनेर जवाफ दिएर उनले उपाधि आफ्नो कब्जामा पार्न सफल भएकी हुन् ।

कार्कीले ५१ हजार र मादेनले ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । उपाधि विजेतालाई मिस नेपाल अस्मी श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।

सिल्भर इन्टरटेन्मेन्ट र हाइट इभेन्टको संयुक्त आयोजनामा भएको प्रतिस्पर्धामा सिर्जना रानामगर मिस पब्लिक च्वाइस्, इक्सा मादेन मिस चार्मिङ, कृतिका गिरी मिस पर्सनालिटी, सृष्टि आचार्य मिस ट्यालेन्ट, अपेक्षा ढुंगाना मिस फ्रेन्डसिप, मीरा दुमी राई मिस हेल्दी र अस्मिता खड्गी मिस फोटोजेनिक घोषित भए ।

सबै टाइटल विजेतालाई जनही १० हजारसहित उपहार प्रदान गरिएको थियो । कार्यक्रममा गायिका प्राश्ना शाक्यले गीत प्रस्तुत गरी उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.