टर्की विमानस्थल आतंकवादी निसानामा

टर्की विमानस्थल आतंकवादी निसानामा

इस्तानबुल: टर्कीको राजधानी इस्तानबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान भएको आतंककारी र आत्मघाती हमलामा ४१ जना मारिएका छन्। शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेमा केही विदेशी पनि छन्।

इस्तानबुलको अतातुर्क विमानस्थलमा भएको उक्त आक्रमणको जिम्मा राति अबेरसम्म कसैले लिएको छैन। टर्कीका सुरक्षा अधिकारीले भने आक्रमणमा इस्लामिक स्टेट (आईएस) को हात रहेको बताएका छन्।

विमानस्थलको प्रस्थान कक्षलाई निसाना बनाएर बम आक्रमण भएको थियो। सुरक्षा अधिकारीले आक्रमणकारीले तीनपटक आक्रमण गरेको बताए। तीनवटै घटनामा एकएकजना आत्मघातीले विस्फोट गराएका थिए। उनीहरूले प्रस्थानकक्षमा बम विस्फोट गराएसँगै अन्धाधुन्ध बन्दुकसमेत चलाएका थिए।

हमलामा परी मारिनेमा उडानका लागि त्यहाँ पुगेका स्वदेशी र विदेशी नागरिक छन्। आक्रमणमा परी एक सय ४० भन्दा बढी घाइते भएका छन्। अधिकांश घाइतेको अवस्था नाजुक छ। मारिने सबैको सनाखत भइसकेको छैन। मारिनेमा दुईजना प्रहरी अधिकारी पनि छन्।

 

विमानस्थलबाट प्राप्त फुटेजमा आक्रमणकारी कालो मास्क मुखमा लगाएर मान्छेको भीडतर्फ दौडिएको देखिन्छ। आक्रमणमा आतंककारी सञ्जाल आईएसको संलग्नता रहेको टर्कीका प्रधानमन्त्री बिनाली इल्दिरिमले बताएका छन्। उनले भने, 'यसमा आईएसको संलग्नताका केही प्रमाण भेटिएका छन्। उनीहरूको निर्देशन र संलग्नतामा यो हमला भएको हुन सक्छ।'

उक्त आतंककारी आक्रमणको विश्वभरबाट भत्र्सना भएको छ। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दागानले आतंकवादका विरुद्धमा लड्न विश्वलाई अपिल गरेका छन्। उनले आतंककारीले निर्दोषको ज्यान लिएको भन्दै भत्र्सना गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले आतंकवादी हमलाको निन्दा गरेका छन्। मानवहत्यामा उत्रिएका आतंककारीलाई कानुनी कारबाहीको दायरामा ल्याइनुपर्नेमा उनले जोड दिए। बानले आतंककारीविरुद्ध लड्न टर्कीलाई आवश्यक जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पनि आतंकवादी हमलाको निन्दा गरेको छ। परिषद् बैठकले आतंकवादी क्रियाकलाप कुनै पनि हिसाबले क्षम्य नहुने भन्दै दोषी उम्किन नपाऊन् भनेर टर्कीले काम गर्नुपर्नेमा जोड दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.