पेटभरी खान नपाउने चेपाङलाई सहयोग

पेटभरी खान नपाउने चेपाङलाई सहयोग

गोरखाः अतिबिपन्न गोरखाको घ्याल्चोक ६ छतिनगैराका डन्नु चेपाङलाई बिभिन्न सहयोगदाताहरुले खाद्यान्न तथा आर्थिक सहयोग गरेका छन् । ‘पेटभरी खान नपाउने चेपाङको कथा' भन्ने समाचार अन्नपूर्ण पोष्टमा प्रकाशन भएपछि पोखराका सहयोगीहरुले चेपाङ परिवारलाई सहयोग गरेका हुन् ।

‘एस हेल्पिङ ह्याण्ड्स' नामको अभियानका सञ्चालक दिनेश थापाले चेपाङ परिवारको घरमै पुगेर खाद्यान्न, लगाउने, ओढ्ने तथा ओछ्याउने कपडा, डन्नु चेपाङका दुई छोराहरुलाई पढ्न, लेख्न स्टेशनरी सामान र नगद प्रदान गरिएको हो ।

 

आफ्नो आम्दानीबाट अति बिपन्नहरुलाई सहयोग गर्ने उद्देश्यले सो अभियान चलाएका उनले अन्नपूर्णपोष्टमा डन्नु चेपाङको गरीबीको बारेमा प्रकाशित समाचार पढेर उनलाई सहयोग गरेको बताए ।

विपन्न चेपाङका घरमा जन्मदिन

छोरा आयामको जन्म दिनको अबसरमा डन्नु चेपाङलाई सहयोग गर्दै रामकुमार ढकाल ।

पोखराकै ‘एनजी कलर हाउस'का सञ्चालक रामकुमार ढकाल र गौरी ढकालले आफ्नो छोरा आयाम ढकालको जन्मदिन डन्नु चेपाङको घरमा पुगेर मनाएका छन् ।

चौथो जन्मदिनको अबसरमा ढकाल परिवारले साँझ बिहान पेटभरी खान नपाउने डन्नुको परिवारलाई दाल, चामल, चिनी, चियापत्ति, च्यूरा, फलफूल तथा डन्नु र उनकी आमा तथा दुई छोराहरुका लागि लगाउने कपडा, ओड्ने ओछ्याउने सिरक, डसना प्रदान गरेका हुनु ।

छोरा आयामको जन्म दिनको अबसरमा डन्नु चेपाङलाई सहयोग गर्दै रामकुमार ढकाल ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.