भूकम्पमा चर्किएको ठाउँमा पहिरो, १२ घर विस्थापित

भूकम्पमा चर्किएको ठाउँमा पहिरो, १२ घर विस्थापित

बेसीशहरः बैशाख १२ गतेको गएको बिनाशकारी भूकम्पका कारण धाँजा फाटेको लमजुङको फलेनी–४, माझखर्कमा पहिरो गएको छ । लगातारको बर्षासँगै वस्ती नजिकै पहिरो जान थालेपछि तल्लो माझखर्कका १२ घरपरिवार बिस्थापित भएका छन् ।

भूकम्पले चिरापरेको ठाउँमा स्थानीयले टनेल प्लाष्टिक प्रयोग गरेर पानी कटाउँदै आएपनि टनेल च्यातिएर कुहिएपछि सोही ठाउँबाट पानी बग्न थालेको स्थानीय बोधलाल श्रेष्ठले जानकारी दिए । उपल्लो माझखर्क जोडने सडकबाट पहिरो गईरहेकोछ, उनले भने,‘ पहिले भूकम्पले चर्काएकै ठाउँबाट पहिरो गएको छ ।'

वस्ती नजिकै ठुलो पहिरो गएपछि स्थानीय त्रसित बन्न थालेका छन् । चर्किएको घरमा जोखिम मोलेरै बस्दै आएका उनीहरु पहिरोको जोखिमले धमाधम घर छाड्न थालेका छन् । कोही आफन्तकोमा पुगेका छन्, कोही छिमेकी गाउँमा गएर बसेका छन् । ‘गाउँमा बस्न सक्ने अवस्थानै छैन, स्थानीय रामचन्द्र गुरुङले भने, ‘गाउँ नजिकैको खेत बगाईसक्यो, अब गाउँमा आउने डरले स्थानीय डराईरहेका छन् ।'

 

पहिरो गएपछि तत्कालै स्थलगत अनुगमनका लागि तल्लो माझखर्क पुगेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेल नेतृत्वको टोलीले त्यहाँका पूर्णबहादुर गुरुङ, बुद्धमान गुरुङ, लक्ष्मण गुरुङ, तेजबहादुर गुरुङ, दमबहादुर गुरुङ, शंकरबहादुर गुरुङ, थिरबहादुर गुरुङ, चेतबहादुर गुरुङ, कोषबहादुर गुरुङ, सोमलाल गुरुङ, रामचन्द्र गुरुङ र जंगबहादुर गुरुङ सहित १२ घरका ७० जना पहिरोको जोखिममा रहेको प्रतिबेदन बुझाएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

उनका अनुसार अनुसार जोखिमयुक्त बस्तीमा शनिबार जिल्ला दैविक प्रकोप उद्धार समितिको थप टोली पुगेर सहयोग गर्नेछ ।

गाउँलेहरुले धमाधम बस्ती छाड्न थालेपछि उनीहरुले पालेका पशु चौपाया पनि प्रभावित बनेका छन् । गाउँभन्दा तीन सय मिटरको दुरीमा गएको पहिरोमाथि करिब ७० मिटरभन्दा बढी धाँजा फाटेकाले ठुलै पहिरोको जोखिम रहेको स्थानीय रामचन्द्र गुरुङले जानकारी दिए ।

स्थानीयको सहयोगका लागि नेपाल रेडक्रस जिल्ला शाखाबाट आपतकालिन सहयोग लिएर एक समुह गाउँतर्फ गईरहेको रेडक्रसले जनाएको छ । प्रजिअ मोहनबहादुर जिसीको नेतृत्वमा जिल्ला दैबिक उद्धार समिति शनीबार बिहान वस्तीमा पुग्ने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.