पहिरोमा परी तीनको मृत्यु

पहिरोमा परी तीनको मृत्यु

धनगढीः बिहीबारदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा परी दार्चुलामा तीन जनाको मृत्यु भएको छ । बैतडी–दार्चुला सडक अवरुद्ध भएको छ भने खोडपे–बझाङ जयपृथ्बीसिह राजमार्ग पनि पहिरोले अवरुद्ध पारेको छ ।

क्षेत्रीय प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार दार्चुलाको मालिकार्जुन गाविस ८ का शेरसिह धामीकी २५ वर्षकी श्रीमती बसन्ती धामी, रिठा चौपाता गाविस ४ सर्मौलीका शिबदत्त पन्तका बृद्ध बुवा चन्द्रदेव पन्त र साविकको धाप गाविस तथा अहिलेको अपी नगरपालिका वडा नं १७ काँकडाकी ६५ वर्षकी भावरथी महरको पहिरोमा परेर मृत्यु भएको हो ।

महरको शव प्रहरीले शुक्रबार बेलुका मात्रै निकालेको सुदूरपश्चिम क्षेत्रका डिआईजी विजयराज भट्टले जानकारी दिए । पहिरोमा पनि शेरसिहको घर पुर्ण रुपमा क्षति पुगेको छ । उनी आफू पनि घाइते भएका छन् । उनका घरमा रहेका गाई भैसीसहितका ८ चौपाया पनि मरेका छन ।

प्रहरी चौकी मालिकार्जुनबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको डिआईजी भट्टले बताए ।

 

दार्चुलाको मालिकार्जुन गाविस वडा नम्बर ८ मुसेकाँडाका पदम सिंह धामी, करविर राम टमटाको घर पनि पहिरोले बगाएका छ । उनका पशुचौपाय पनि मरेका छन ।

त्यसैगरी सोही ठाउँका गजीराम टमटा र गणेश सिंह धामीको घरमा पनि क्षति भएको छ । दार्चुलाकै भगवती गाविस वडा नम्बर ५ मा रहेको सरस्वती मावि सेलिचामाको ६ कोठे विद्यालय भवन बगाएको छ ।

बैतडी र दार्चुलाकाको सीमानामा पर्ने बांगाबगड र धापको काँगडामा पहिरो गएपछि सो क्षेत्रको यातायात अवरुद्ध भएको छ । यता बैतडीको खोडपे–बझाङ जयपृथ्बीसिह राजमार्ग पनि पहिरोले अवस्द्ध भएको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु विचबाटोमै अलपत्र परेका छन ।

यसै गरी पहिरोकै कारण भारतसँग सिमानाका जोडिएको दार्चुलाको जौलजिवी प्रहरी चौकी भवन समेत पहिरोको उच्च जोखीममा रहेको छ । प्रहरी चौकी माथिबाट पहिरो आउन सुरु भएपछि प्रहरी चौकीमा कार्यरत प्रहरी तथा वन्दोवस्तीका समान सुरक्षित स्थानमा सारिएको डिआईजी भट्टले बताए ।

जौलजीवि गाउँ नै जोखिममा परेपछि बस्तीका स्थानीयलाई पारीपट्टीको भारतीय बजार जौलजीविमा सार्ने तयारी भएपनि भारतीय समकक्षीहरुसँग सम्पर्क हुन नसकेकाले सार्न नसकिएको दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुईकेलले जानकारी दिए ।

‘दिनभरी भारततिरको पनि टेलीफोन अवरुद्ध भएकाले सम्पर्क हुन सकेको छैन' निमित्त प्रमुख जिल्ला अधिकारी कुईकेलले भने ।

भारततिर पनि पहिरोले बाटो अवरुद्ध भएकाले नेपाली अधिकारीहरु जौलजीवि जान सकेका छैनन । जौलजिवि जानका लागि भारतीय बाटो पक्की भएकाले सजिलो छ ।
शुक्रबार विहान बसेको सुरक्षा प्रमुखहरुको बैठकले एक महिना देखि बन्द रहेको जौलजीवि पूल खोलेर भएपनि स्थानीयलाई भारतीय बजारतिर जानुपर्ने निर्णय गरेको थियो ।

जिल्ला सुरक्षा समितिका अनुसार दार्चुलाको अपि नगरपालिकाको धाप, दत्तु, भगवती, हुनैनाथ, ग्वानी, सर्मौली, गोकुलेश्वर, मालिकार्जुन, डाडाकोट, रिठाचौपाता, उकु लगायतका गाविसहरु जोखिममा परेका छन् ।

शुक्रबार दिउसो जिल्ला दैविप्रकोप उद्धार समितिको आपतकालिन बैठक पनि बसेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी कुइकेलको अध्यक्षतामा बसेको बैठकले तत्काल सबै सुरक्षा संयन्त्रलाई खोज उद्धार कार्यमा परिचालिन गर्ने, नेपाल रेडक्रस सोसाईटीको नेतृत्वमा पीडितलाई सुख्खा खानाको ब्यवस्था गर्ने र क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको छ ।

बैठकले विभिन्न ठाउँमा अवरुद्ध रहेको राजमार्ग खोलाउनका लागि सडक डिभिजन कार्यालय पाटन बैतडी, दार्चुला–तिंकर सडक आयोजना महाकाली तटबन्धन कार्यक्रमका उपकहरु प्रयोग गरी खोलाउन सहयोगका लागि आग्रह गर्ने समेत निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी कुईकेलले जानकारी दिएका छन ।

यस्तै वर्षाले महाकाली लोकमार्गको अपि नगरपालिका १७ काकडामा रहेको पूल बगाएको छ । पूल बगाउँदा यातायात अवरुद्ध भएको छ । पूल छेउमै पार्किङमा राखिएको से १ ज ३१२ नम्बरको जीप समेत बगेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.