जनकपुरधामका विद्यालयहरू पाँच दिनका लागि बन्द

जनकपुरधामका विद्यालयहरू पाँच दिनका लागि बन्द
सुन्नुहोस्

जनकपुरधाम : जनकपुरका विद्यालय गर्मीका कारण पाँच दिनका लागि बन्द भएको छ। मधेस प्रदेशको राजधानी जनकपुरमा तातो हावासँगै गर्मी बढेपछि ५ दिनका लागि सबै विद्यालय बन्द गरिएको हो। 

जनकपुरधाम उपमहानगरपालिकाले दिन प्रतिदिन बढ्दै गएको गर्मीका कारण बालबालिरूहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरको ख्याल गर्दै जेठ १७ देखि २१ गते सम्म सबै सामुदायिक र संस्थागत विद्यालयमा विदा दिएको हो। 

वार्षिक विदामा कट्टा हुनेगरी प्रशासनिक कामकाजबाहेक भोलि बिहीबारदेखि सोमबारसम्म उपमहानगरभित्रका सबै विद्यालयमा पठनपाठन बन्द रहने जारी सूचनामा उल्लेख छ। जनकपुर लगायतका क्षेत्रमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेपछि जनजीवन प्रभावित भएको छ। बढ्दो गर्मीका कारण बजार, सरकारी कार्यालय, वित्तीय संस्थालगायत सार्वजनिक स्थलमा सर्वसाधारणको चहलपहलमा निकै कमी आएको छ।

चिकित्सकले गर्मीको समयमा बाहिर ननिस्किन, निस्कनै परे शरीरभरि ढाक्नेगरी कपडा लगाएरमात्र निस्किन आग्रह गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.