रमाइलो मेला सञ्चालनमा रोक

 रमाइलो मेला सञ्चालनमा रोक

विराटनगर: विकृति विसंगति बढेको भन्दै मोरङमा स्थानीय प्रशासनले रमाइलो मेला सञ्चालनमा रोक लगाएको छ।

प्रशासनले तत्काललाई जिल्लाभित्र रमाइलो मेला सञ्चालनका लागि अनुमति दिने कामसमेत बन्द गरेको छ। मोरङमा प्रशासनको अनुमतिमा यसअघि महिनामा दुईदेखि चारवटासम्म रमाइलो मेला सञ्चालन हुँदै आएका थिए।

मेलामा खेलाइने जुवाजन्य खेलले पैसाको हारमार हुने, झैझगडा हुनेलगायतका विकृति निम्त्याउने तथा यसले प्रहरी र प्रशासनलाई समेत विवादमा तान्ने गरेका कारण पछिल्लो समय कडाइ थालिएको प्रशासनले जनाएको छ।

'रमाइलो मेला सञ्चालनका नाममा विकृति बढेको पाइयो,' प्रमुख जिल्ला अधिकारी तोयम रायाले भने, 'विकृति र विसंगति रोक्दै प्रहरी र प्रशासनलाई विवादमा तान्ने कामको अन्त्य गर्न मेलामा प्रतिबन्ध लगाइएको हो।' रायाले रमाइलो मेला सञ्चालनका नाममा जुवाजन्य खेल खेलाइने गरेको पाइएपछि पूर्णरूपमा रोक लगाउनुपर्ने अवस्था आएको बताए।

'मेलामा कानुनद्वारा बर्जित गरिएका घिर्नी राखेर खेलाइने खेल, लक्की सेभेन, लंगुरबुर्जासमेतका जुवा खेलाइने गरेको पाइयो,' उनले भने, 'अनुमति माग गर्दै आउनेलाई फिर्ता पठाउँदै मेलालाई नै बन्देज गरेर यस्ता गतिविधि पूर्ण निरुत्साहित पार्ने काम गरिएको हो।'

मेला सञ्चालन गरेर रमाइलो गर्ने नाममा जुवा खेलाइँदा र खेल्दा धेरै पैसाको हारमार हुने गरेको पाएपछि कडाइ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए। 'बाढी र पहिरोका कारण सर्वसाधारण पीडामा छन्। 

मेलामा खेलाइने जुवाजन्य खेलले पैसाको हारमार हुने, झैझगडा हुनेलगायतका विकृति निम्त्याउने तथा यसले प्रहरी र प्रशासनलाई समेत विवादमा तान्ने गरेका कारण पछिल्लो समय कडाइ थालिएको प्रशासनले जनाएको छ। 

यो मेला सञ्चालन गरेर रमाइलो गर्नेभन्दा पनि पीडितको उद्धार गर्ने बेला हो,' भण्डारीले भने, 'सेवा गर्ने बेलामा रमाइलो मेला सञ्चालन गर्न मनले पनि नमान्नुपर्ने हो। पीडाको अवस्थामा मेला सञ्चालन गरेर बस्न कसरी मिल्छ ? ' उनले मेला भनेर अनुमति लिएर जुवा खेलाउने गरेको पाइएका कारण मेलामा स्वच्छता ल्याउन पनि कडाइ गर्नुपर्ने अवस्था आएको बताए।

 

कसैले प्रशासनको अनुमतिबिना मेला सञ्चालन गर्ने र मेलामा कानुनद्वारा प्रतिबन्धित खेल खेलाउने गरेको पाएमा तत्काल नियन्त्रणमा लिएर कारबाही गरिने जानकारी उनले दिए। एसपी भण्डारीले सांस्कृतिक, धार्मिक र परम्परागत मेलामा भने रोक नलगाइएको बताए। उनले भने, 'यस्ता मेला सञ्चालनका लागि भने सुरक्षा प्रदान गरेर प्रहरीले सहयोग गर्छ।'

केही दिनअघि मात्र मोरङको कटहरीबाट रमाइलो मेला सञ्चालनका लागि अनुमति माग गरिएको थियो। प्रशासनले अनुमति नदिएपछि मेला सञ्चालन हुन सकेन। स्रोतका अनुसार मोरङमा कडाइ हुन थालेपछि रमाइलो मेला सञ्चालन गर्नेहरू अनुमति लिएर अन्य जिल्लामा सञ्चालनको तयारीमा जुटेका छन्।

'सर्वसाधारणले दुःख गरेर कमाएको पैसा मेला सञ्चालनका नाममा बाहिर जाने क्रम बढ्यो,' एक प्रहरीले भने, 'मेलामा कडाइ गर्दा जुवाजन्य खेल तथा पैसाको हारमार बन्द भएर पैसा बाहिर जाने क्रम पनि रोकिन्छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.