वार्षिक १५ मेट्रिक टन माछा आयात

वार्षिक १५ मेट्रिक टन माछा आयात

हेटौंडा: नेपाल मत्स्य व्यवसायी संघले भारतलगायतका देशबाट वार्षिक १५ मेट्रिक टन माछा आयात हुने गरेको जनाएको छ।

संघले हेटौंडामा यही असार १९ र २० गते हुने दोस्रो महाधिवेशनबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वार्षिक ७० हजार मेट्रिक टन माछा स्वदेशमै उत्पादन भइरहेको र ८५ हजार मेट्रिक टन माछाको माग रहेको तथ्यांक सार्वजनिक गरेको हो।

रोजगारीका लागि विदेशिने युवालाई स्वदेशमै माछापालनतर्फ आकर्षित गर्न सके माछामा आत्मनिर्भर बन्न सकिने संघका कार्यवाहक अध्यक्ष छोटेलाल महतोले बताए। मत्स्य व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुरेश पुरीले महाधिवेशनको अवसरमा माछा उत्सव गर्न लागिएको बताए।

'महाधिवेशनको समयमा १९ गते दिउँसो दुईदेखि ६ बजेसम्म माछाका परिकार निःशुल्क चाख्न दिनेछौं', उनले भने। माछाको ममलगायतका परिकार बनाएर चखाउने र पकाउन पनि सिकाउने कार्यक्रम रहेको पुरीले बताए।

 

कार्यक्रममा १० क्विन्टल माछा पकाउने योजना रहेको संघको योजना छ। माछाको परिकार खाने बानीको विकास गर्नुका साथै माछाप्रति आकर्षण बढाउन निःशुल्क माछा खुवाउन लागिएको संघका कार्यवाहक अध्यक्ष महतोले बताए।

माछा प्रोटिनको सस्तो विकल्पमात्र नभई यसमा पाइने 'ओमेगा ३' नामको चिल्लो पदार्थले मुटुरोग, क्यान्सरलगायतका रोगबाट बच्न सकिने उनले बताए।

नेपालमा कमन कार्प, सिल्भर कार्प, ग्रास कार्प, बिगहेड कार्प, नैनी, रहु, भाकुरा, रेन्बो ट्राउट, पङ्गासिस, टिलापियालगायतका जातको माछापालन हुने गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.