'फोर जी' सेवाको अनुमति यसै साता

 'फोर जी' सेवाको अनुमति यसै साता

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले 'फोर जी' सेवा विस्तारका लागि यही साताबाट प्रक्रिया अघि बढाउने भएको छ।

प्राधिकरणको आवश्यक प्रक्रिया पूरा गरी यही साताभित्र मन्त्रीस्तरीय रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिलाई सिफारिस पठाउने तयारीमा रहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताएका छन्।

रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिबाट पारित भएपछि सेवा प्रदायक कम्पनीलाई फोर जी सेवा सञ्चालन गर्न अनुमति दिने प्राधिकरणले जनाएको छ। रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले कुन ब्यान्डमार्फत फोर जी सेवा सुचारु गर्ने, कति ब्यान्डविथमा सेवा सञ्चालन गर्ने, बाँडफाँड र सेवा प्रदायक कम्पनीले बुझाउनुपर्ने दस्तुरजस्ता विषय पनि निर्धारण गर्नेछ।

सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटमा सूचना तथा सञ्चार क्षेत्रमा फोर जी सेवा सुचारु गर्ने घोषणा गरिसकेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले पनि त्यसलाई ध्यान दिँदै नयाँ आर्थिक वर्षभित्रमा फोर जी सेवा सुरु गर्ने तयारी गरिरहेको जनाएको छ।

यही साताभित्र प्राधिकरणले सेवा विस्तारको काम अगाडि बढाए पनि उपभोक्ताले भने यो सुविधा प्रयोग गर्न केही समय कुर्नुपर्नेछ। उपभोक्तामाझ पुग्न नेपाल टेलिकम र एनसेलजस्ता सेवा प्रदायक कम्पनीले उपकरण जडानको कार्य पूरा गर्नुपर्ने हुन्छ, जुन सुरु नै भएको छैन।

 

 नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार प्राधिकरणले सम्पूर्ण प्रक्रिया सकेर फोर जी सञ्चालनको अनुमति पत्र दिएलगत्तै टेलिकमले सेवा विस्तार गर्ने योजना छ। 'अनुमतिपत्र पाएलगत्तै टेलिकमले उपकरण मगाउने प्रक्रिया अघि बढाउनेछ', वैद्यको भनाइ छ।

उनका अनुसार अनुमति पाएपछि उपकरण मगाउन र जडान गर्न लाग्ने समयसम्म उपभोक्ताले फोर जी सेवाका लागि कुर्नुपर्ने हुन्छ।प्राधिकरणका अनुसार डोल्पा र हुम्लाबाहेकका जिल्लामा अहिले थ्रीजी सेवा पुगिसकेको छ। तर फोर जी सेवाको विस्तार पहिलो चरणमा काठमाडौं, पोखराजस्ता ठूला सहरमा मात्र हुने प्रवक्ता अर्यालले बताएका छन्।

अन्तर्राष्ट्रिय मान्यताअनुसार फोर जीको डाटा ट्रान्सफर रेट सय एमबी प्रतिसेकेन्ड, इन्टरनेट सर्भिस अल्ट्रा ब्रोडब्यान्ड, ब्यान्डविथ एक सय मेगाहर्ज हुनेछ।

उनका अनुसार सहरी क्षेत्रमा इन्टरनेटको प्रयोग बढी हुने भएका कारण सुरुमा काठमाडौं, पोखराजस्ता ठूला सहरलाई प्रथामिकता दिएको हो । 'प्रावधिक अवरोधका कारण पहिलो चरणमा देशको सबै ठाउँमा फोर जी सेवा नपुगे पनि जति सक्दो छोटो समयमा यो सेवा देशभर नै विस्तार हुनेछ', प्रवक्ता अर्यालले थपे।

टेलिकमका अनुसार फोर जी सेवा थ्रीजीको तुलनामा उत्कृष्ट हुनेछ। यसले प्रयोगको स्पिड र अनुभवमा पनि फरक ल्याउने प्रवक्ता वैद्यको भनाइ छ। मोबाइल ब्रोड ब्यान्ड इन्टरनेटका लागि निर्माण गरिएको थ्रीजी र फोर जीमा अन्तर्राष्ट्रिय मान्यताअनुसार फोर जीको स्पिड थ्रीजीको तुलनामा चार गुणा फास्ट हुन्छ । तर यो सबै ठाउँमा लागू हुन्छ नै भन्ने नहुने प्रवक्ता अर्यालले बताएका छन्।


अन्तर्राष्ट्रिय मान्यताअनुसार फोर जीको डाटा ट्रान्सफर रेट सय एमबी प्रतिसेकेन्ड, इन्टरनेट सर्भिस अल्ट्रा ब्रोडब्यान्ड, ब्यान्डविथ एक सय मेगाहर्ज हुनेछ । प्राधिकरणसँग सात सय, १८ सय र २६ सय मेगाहर्जमा फ्रिक्वेन्सी रहेको छ। त्यसमध्ये कुन प्रयोग गरी फोर जी सेवा सञ्चालनमा ल्याउने भन्ने अहिलेसम्म निर्धारण भइनसकेको प्रवक्ता अर्यालले बताए।

उनका अनुसार प्रयोगकर्ताले यो सेवा प्रयोग गर्दा लाग्ने शुल्क भने निर्धारण भइसकेको छैन । प्रयोगकर्तालाई टुजीकै शुल्कमा फोर जी सेवा उपलब्ध गराउने वा छुट्टै शुल्क निर्धारण गर्ने भन्ने कुरा छलफलका क्रममा रहेको अर्यालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.