दुईजना ‘नक्कली’ चिकित्सक जेल पुगे

दुईजना ‘नक्कली’ चिकित्सक जेल पुगे

वीरगन्जः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले असार ३ गते वीरगन्जबाट पक्राउ गरेका नक्कली प्रमाणपत्रधारी आठजना डाक्टरमध्ये दुईजना जेल पुगेका छन् ।

उनीहरुमध्ये ६ जना सोमबार रिहा भएका छन् । अदालतले मागेको धरौटी बुझाउन नसक्दा दुईजना भने जेल पुगेका हुन् ।

जिल्ला अदालत पर्साले सोमबार धरौटीमा रिहा गर्न आदेश दिएपछि आठजना मध्ये ६ जना डाक्टरहरु सोमबारै अदालतमा धरौटी बुझाएर रिहा भएका हुन् ।

धरौटी तिर्न नसकेका दुईजना डाक्टरलाई भने अदालतले वीरगन्ज कारागार चलान गरेको छ । पर्सा जिल्ला अदालतमा आइतबार र सोमबार दुई दिन भएको थुनछेक बहसपछि अदालतका मूख्य न्यायाधीस महम्मद जुनैद आजादको इजलाशले सोमबार डाक्टरहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सीआईबीले शैक्षिक योग्यताको प्रमाण–पत्र नक्कली भएको अभियोगमा गत असार ३ गते वीरगन्जको विभिन्न स्थानबाट पक्राउ गरेका नौजनामध्ये प्रहरीले पर्सा जिल्ला अदालतमा उपस्थित गराएका ८ जना डाक्टरलाई मुख्य न्यायाधीस महम्मद जुनैद आजादको इजलाशले धरौटीमा रिहा गर्ने आदेश दिएको जिल्ला अदालत पर्साका सूचना अधिकृत माधवप्रसाद तिमल्सिनाले जानकारी दिए ।

आठजनामध्ये ६ जना अदालतमा सोमबारै धरौटी रकम बुझाएर रिहा भएको र धरौटी तिर्न नसकेका दुईजना डाक्टरलाई वीरगन्ज कारागारमा चलान गरिएको तिमिल्सिनाले बताए ।

धरौटी तिरेर रिहा हुने डाक्टरहरुमा रामकुमार प्रधान, दिनेश साह तेली, कुशराज गिरी, इसादुल हक, निमेषपाल रमन र सरोजकुमार सिंह रहेका छन् ।

अदालतको आदेशअनुसार डाक्टर दिनेश साह १८ लाख, डाक्टर सरोजकुमार सिंह १० लाख, डाक्टर रामकुमार प्रधान सात लाख ७५ हजार, डाक्टर कुशराज गिरी चार लाख, डाक्टर इसादुल हक तीन लाख ७५ हजार र डाक्टर निमेश रमन पाल दुई लाख रुपैया धरौटी तिरेर रिहा भएका हुन् ।

धरौटी तिर्न नसकेका डाक्टर पन्नालाल पटेल र डाक्टर मोहम्मद रहुल्लाहलाई भने जिल्ला अदालत पर्साले वीरगन्ज कारागार चलान गरेको हो ।

अदालतले डाक्टर मोहम्मद रहुल्लाहलाई ३५ लाख र डाक्टर पन्नालाल पटेललाई १५ लाख रुपैयाँ धरौटी तिर्न आदेश दिएकोमा दुबैजनाले धरौटी तिर्न नसकेपछि उनीहरुलाई कारागार चलान गरिएको जिल्ला अदालत पर्साका सूचना अधिकृत तिमल्सिनाले जानकारी दिए ।

सीआईबीले तयार पारेको मिसिलअनुसार पर्सा प्रहरीले डाक्टर महम्मद रुहुल्लाले एक करोड तीन लाख ७७ हजार, दिनेश साहले २८ लाख ८२ हजार, पन्नालाल पटेलले २३ लाख पाँच हजार, सरोजकुमार सिंहले १५ लाख ६ हजार, रामकुमार प्रधानले आठ लाख, कुशराज गिरीले पाँच लाख ८० हजार, इसादुल हकले चार लाख ६८ हजार र निमेश रमन पालले तीन लाख ३० हजार रुपैयाँ ठगी गरेको भन्दै उक्त रकमको बिगो दाबीसहित अदालतमा मुद्दा दायर गरेको थियो ।

वीरगन्जबाट पक्राउ परेका नौ डाक्टरमध्ये अरुणकुमार गुप्ता कहिलेकाहीँ मात्र वीरगन्ज आउने गरेका थिए । उनले काठमाडौँमै बसेर काम गरेकाले उनीविरुद्ध काठमाडौँबाट नै मुद्दा चलाइएकाले सीआईबीले उनलाई पर्सामा नबुझाएको पर्साका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बताए ।

अरु आठजनालाई सीआईबीले गत शुक्रबार काठमाडौँबाट जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको थियो ।

सीआईबीले मिसिलसहित डाक्टरहरुले ठगीसम्बन्धी मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाएपछि पर्सा प्रहरीले शुक्रबार नै आठजना डाक्टरहरुविरुद्ध जिल्ला अदालत पर्सामा ठगी मुद्दा दर्ता गराएको थियो  ।

धरौटी तिरेर रिहा भएका डाक्टरहरुले सेवा दिन पाउने की न पाउने भन्नेबारे नेपाल मेडिकल काउन्सिलले नै निर्णय गर्ने अदालतका सूचना अधिकृत तिमिल्सिनाले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.