मैत्यको फोटो उत्कृष्ट

मैत्यको फोटो उत्कृष्ट

नेपालगन्ज (अन्नपूर्ण): नेपालगन्ज फोटो फेस्टिभल सोमबार सम्पन्न भएको छ। पुनरावेदन अदालत नेपालगन्जमा मुख्य न्यायाधीश बमकुमार श्रेष्ठले प्रदर्शनीमा रहेको सर्वोत्कृष्ट फोटोको फोटो खिचेर आइतबार फेस्टिभल उद्घाटन गरेका थिए।

मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रको पर्यटन, दैनिक जीवनशैली, समाचार तथा प्रकृतिसम्बन्धी फोटो प्रतियोगितामा उकृष्ट छानिएका फोटोहरू प्रदर्शनीमा राखिएका थिए।

मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा खिचिएका फोटोमध्ये रुकुमका मैत्य घर्तीमगरले खिचेको फोटोलाई सर्वोत्कृष्ट फोटो घोषणा गरिएको छ।

यसैगरी ग्रान्ड डिजाइन वन्यजस्तु तथा प्रकृति विधामा विशाल रानामगर, नमस्ते नेपाल समाचार विधामा निर्मल नेपाली, रामदूत खेल विधामा अविनाश चौधरी, सुपर भिजन दैनिक जीवन विधामा मेघराज खड्काको फोटो उत्कृष्ट पुरस्कार हासिल गर्न सफल भएको छ।

फोटो पत्रकार क्लबको सहकार्यमा आयोजित नेपालगन्ज फोटो फेस्टिभलको पहिलो दिन पाँच सयभन्दा बढीले सहभागिता जनाएका थिए । दोस्रो दिन भएको तालिम तथा अन्तरक्रियाको सहजीकरण फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीले गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.