अन्तर्राष्ट्रिय फ्रान्चाइज स्टोर सञ्चालनमा

अन्तर्राष्ट्रिय फ्रान्चाइज स्टोर सञ्चालनमा

काठमाडौं: पिनाकल ब्रान्डले सुन्धारास्थित सिभिल महलमा अन्तर्राष्ट्रिय फ्रान्चाइज स्टोर सञ्चालनमा ल्याएको छ।

ब्रान्डले आम्रपाली ज्वेल्स र प्लानेट फेसन गरी दुईवटा स्टोर सञ्चालनमा ल्याएको छ।आम्रपाली ज्वेल्समा चाँदी र सुनका जलप लगाइएका गहना उपलब्ध हुनेछ।

हलिउड र बलिउड कलाकारमाझ लोकप्रिय रेहका आम्रपाली ब्रान्डका गहना आकर्षक डिजाइन र विश्वस्तरीय कालिगढका लागि प्रख्यात रहेको पिनाकलले जनाएको छ।

साथै प्लानेट फेसन स्टोरमा ग्राहकले लुइ फिलिप, एलेन सली र भ्यान ह्युजिन जस्ता ब्रान्डका पुरुषका लागि कपडा बिक्री हुने कम्पनीले जनाएको छ।

पिनाकलका अनुसार भारतमा प्लानेट फेसनका २ सय ४० भन्दा बढी स्टोर रहेका छन्।

स्टोर सञ्चालनमा ल्याएको अवसर पारेर कम्पनीले ग्राहकलाई साउन ५ गतेसम्म १० प्रतिशतसम्मको छुट प्रदान गर्ने जनाएको छ। पिनाकलले यही वर्षभित्र अन्य तीन फ्रान्चाइज स्टोर थप गर्ने जनएको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.