बेस्ट फ्लाई ट्राभल एजेन्सी सञ्चालनमा

बेस्ट फ्लाई ट्राभल एजेन्सी सञ्चालनमा

काठमाडौं: बेस्ट ग्रुप अफ कम्पनिजले बेस्ट फ्लाई ट्राभल एजेन्सी सञ्चालनमा ल्याएको छ।

गैरआवासीय नेपालीद्वारा सञ्चालित बेस्ट ग्रुप अफ कम्पनिजअन्तर्गत पर्यटन प्रवद्र्धन गर्न देशविदेशका लागि भ्रमण तथा हवाई टिकट उपलब्ध गराउने उद्देश्यले ट्राभल एजेन्सी सञ्चालनमा ल्याइएको हो।

बेस्ट ग्रुपले बेस्ट रेमिटका साथै सहकारी, फाइनान्स, हाइड्रो, अस्पताल तथा होटलमा लगानी गरिरहेको छ। काठमाडौंको शेर्पा महलमा मुख्य कार्यालय रहेको बेस्ट फ्लाईले पर्यटन प्रवद्र्धन र विकासमा लागि नौलो आयाम थप्ने जनाएको छ।

बेस्ट फ्लाईले स्वदेश तथा विदेश जाने यात्रुका लागि सरल, सहज र सस्तो हवाई टिकट उपलब्ध गराउनुका साथै स्वदेशमा र विदेशमा 'टुर प्याकेज' बनाएर लैजाने बेस्ट फ्लाईका कार्यकारी निर्देशक विनोद सापकोटाले बताए। उनले बेस्ट फ्लाईको छुट्टै सफ्टवेयर निर्माण हुँदै गरेकाले उपभोक्ताले आफैं बुक गर्न सक्ने व्यवस्थासमेत हुने बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.