पोग्बालाई कीर्तिमानी रकम

पोग्बालाई कीर्तिमानी रकम

एजेन्सीः केही वर्षयता फ्रान्सका युवा मिडफिल्डर पल पोग्बा उत्कृष्ट लयमा छन्। जारी युरोकपबाट उनको उचाइ थप बढेको छ।

सेन्ट्रल मिडफिल्डरका रूपमा उनी आक्रामक र रक्षात्मक दुवै पक्षमा खरो उत्रन सक्छन्।

इटालियन सिरिए क्लब युभेन्ट्सका यी स्टार खेलाडीलाई अहिले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले विश्व कीर्तिमानी स्थानान्तरण रकम खर्चने तयारी गरिरहेको छ।

डेली मेलका अनुसार म्यान युनाइटेडले युभेन्ट्ससँग पोग्बाका लागि एक सय मिलियनको स्थानान्तरण मूल्य प्रस्ताव राखेको छ ।

यसअघि स्थानान्तरण रकमको कीर्तिमान वेल्सका स्टार खेलाडी गारेथ बेलले बनाएका थिए, ८५ मिलियन पाउन्डको।

स्पेनिस ला लिगा क्लब रियल म्याड्रिडले बेललाई टोट्टनहामबाट भित्र्याउँदा उक्त कीर्तिमानी रकम तिरेको थियो। पोग्बालाई भित्र्याउने विषयमा म्यान युनाइटेड र युभेन्ट्सबीच चरणबद्ध रूपमा छलफल भइरहेको बताइएको छ। म्यान युनाइटेड पोग्बालाई साताको ३० लाख पाउन्ड पारि श्रमिक दिन तयार देखिएको छ ।

म्यान युनाइटेडले पोग्बासँग पाँच वर्षको सम्झौता गर्ने पनि पक्कापक्की भएको जनाइएको छ। जोसे मोउरिन्होले टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि म्यान युनाइटेडले स्टार खेलाडीलाई भित्र्याइरहेको छ।

म्यान युनाइटेडले यसअघि ज्लाटन इब्राहिमोभिचलाई क्लबमा भित्र्याइसकेको छ। सन् २०१२÷१३ को सिजनपछि म्यान युनाइटेडले क्लब फुटबलमा ठूला सफलता हात पार्न सकेको छैन ।

तात्कालीन प्रशिक्षक सर एलेक्स फर्गुसनले करिब दुई दशकपछि क्लबको प्रशिक्षणको जिम्मेवारी छाडेपछि म्यान युनाइटेड दिनदिनै दबाबमा देखिने गरेको छ। पोग्बाले यसअघि पनि म्यान युनाइटेडबाट व्यावसायिक फुटबल खेलिसकेका छन्।

सन् २०१२ मा म्यान युनाइटेडले उनलाई युभेन्ट्समा बेचेको थियो। ६ फिट तीन इन्च उचाइका पोग्बाले एक सिजन म्यान युनाइटेडमा खेल्ने क्रममा तीन खेल खेले पनि गोल गर्न सकेका थिएनन्। त्यसयता भने युभेन्ट्समा उनले एक सय ७८ खेल खेल्दै ३४ गोल गरिसकेका छन् ।

पोग्बाले युभेन्ट्सबाट चारपटक घरेलु लिग र दुईपटक कोपा इटालियाको उपाधि जितेका छन् भने एकपटक युरोपियन च्याम्पियन्स लिगमा उपविजेता बनेका छन्।

युभेन्ट्सले नै कीर्तिमानी स्थानान्तरण रकम खर्च गर्नुपर्ने प्रस्ताव राखेअनुसार म्यान युनाइटेड पोग्बालाई भित्र्याउन अग्रसर भएको बताइएको छ। पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर बसेका इब्राहिमोभिचलाई म्यान युनाइटेडको सम्पर्कमा पुयाउने एजेन्ट मिना रायोला नै पोग्बाका पनि एजेन्ट हुन्।

सन् २०१३ मा सिनियर राष्ट्रिय टोलीबाट ‘डेब्यु' गरेयता अन्तर्राष्ट्रिय फुटबलमा पोग्बाले ३६ खेल खेलेर ६ गोल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.