गोदरेजले सुरु गर्यो स्टेला एयर फ्रेसनरको बिक्री
काठमाडौं (अन्नपूर्ण): गोदरेज कन्जुमर प्रोडक्स लिमिटेडले इन्डोनेसियाको उत्कृष्ट उत्पादन स्टेला एयर फ्रेसनरको नेपाली बजारमा बिक्री सुरु गरेको छ।
गोदरेज कन्जुमर प्रोडक्स स्टेलाको नेपालका लागि बिक्री प्रवद्र्धक रहेको छ। उक्त अवसरमा पूर्व मिस नेपाल उषा खड्गी, जीपी तिमल्सेनाका साथै कम्पनीका पदाधिकारीको उपस्थिति रहेको थियो।
कोठा, मोटर र बाथरुममा हावा सुगन्धित बनाउन र पुरानो दुर्गन्ध हटाउन समेत स्टेला उपयोगी मानिएको कम्पनीले जनाएको छ।अलगअलग ठाउँमा प्रयोग गर्न विभिन्न गुणस्तर र आकारमा स्टेला उपलब्ध छ।
मोटर र कोठामा प्रयोग गर्न दुई सय ५० मिलिलिटर र चार सय मिलिलिटरमा उपलब्ध छ भने बाथरुमका लागि ४० मिलिलिटरमा फ्रेसनर उपलब्ध रहेको कम्पनीले जनाएको छ। कागजको बट्टामा ७० ग्रामको ठोस एयर फ्रेसनर पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
कम्पनीका सेल्स म्यानेजर जीवन उप्रेतीका अनुसार घर, अफिस, बाथरुम, मोटरलगायतका विभिन्न ठाउँमा प्रयोग गर्न मिल्ने इन्डोनेसियाको उत्पादन स्टेला एयर फ्रेसनरले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउनेछ।