नेपालमा दृष्टि विशेषज्ञको संख्या बढ्दो

नेपालमा दृष्टि विशेषज्ञको संख्या बढ्दो

काठमाडौं: नेपालमै दृष्टि बिशेषज्ञको संख्या वृद्धि हुन थालेको छ । केही समय अघि दृष्टिका बारेमा जानकारी दिने व्यक्ति कोही नभेटिने गरेको भएपनि अहिले दुर्इ सय भन्दा बढिको स‍ंख्यामा दृष्टि बिशेषज्ञ रहेको नेपाल दृष्टि बिशेषज्ञ स‌ंघले आयोजना गरेको कार्यक्रममा जानकारी दिइएको छ ।

संघले दोस्रो निरन्तर दृष्टि विशेषज्ञ शिक्षा अन्तर्गत बुधबार काठमाडौंको धुम्बाराहीमा एक कार्यक्रमको आयोजना गरी दृष्टि बिशेषज्ञको संख्या नेपालमा बढेको जानकारी गराएको हो ।

नेपाल नेत्र ज्योती संघका अध्यक्ष प्रा. डा. तीर्थप्रसाद मिश्रको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आइ केयर फाउन्डेसनका निर्देशक अनिल गोर्खाली, आँखा स्वास्थ्यको लागि एपेक्स बडीका राष्ट्रिय संयोजक शैलेशकुमार मिश्र र तिलगंगा आखा अस्पतालका मेडिकल सहसंयोजक नबिन राई, बिपी कोइराला नेत्र अध्ययन केन्द्र दृष्टि बिज्ञान विभागका उपप्राध्यापक गौरी शंकर श्रेष्ठले आ–आफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्राध्यापक मिश्रले नेपालमा आँखा उपचारको इतिहासका तथ्यहरु स्मरण गर्दै बर्तमान अवस्थामा नेपाल नेत्रज्योती संघको सेवाको ब्यापकताका संबन्धमा जानकारी दिए ।

उनले नेपालमा दृष्टि विज्ञान र दृष्टि उपचारको बिकासका लागि नेत्रज्योति संघले हरसम्भव सहयोग गर्ने प्रतिद्धता ब्यक्त गरेका छन् ।

 

आई केयर फाउन्डेशनका निर्देशक गोर्खालीले दुई दशक अगाडि आफुहरुले नेपालमा दृष्टि बिशेषज्ञको आवश्यकता महसुस गरेर चार जना बिद्यार्थीलाई बिदेशमा दृष्टि विज्ञान पढ्न पठाएको स्मरण गर्दै अहिले नेपालमै दक्ष दृष्टि बिशेषज्ञ उत्पादन हुने जानकारी दिएका छन् । उनका अनुसार अहिले देशमा दृष्टि बिशेषज्ञको सख्या २ सय भन्दा बठि भएको बताए ।

उनले आई केयर फाउन्डेशनले आँखा तथा दृष्टि उपचारमा दृष्टि बिशेषज्ञलाई उपयोग गर्दै जाने बताए । यसैगरी तिलगंगा आखा अस्पतालका मेडिकल सहसंयोजक राईले नेपालका आखा स्थवास्थ्यकर्मीको योगदानबारे प्रकाश पारेका थिए ।

नेपाल दृष्टि बिशेषज्ञ संघका अध्यक्ष संजिवकुमार मिश्रको सभापतित्वमा भएका अप्टिक्कस तथा अप्थाल्मिक डिस्पेन्सिङ बिषयको उक्त कार्यक्रममा काठमाडौँमा रहेका दृष्टि बिशेषज्ञ, नेत्र सहायक, आँखा तथा दृष्टि उपचारसँग सम्बन्धित सयभन्दा बढी ब्यक्ति सहभागी थिए


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.