‘म कवि बन्न सकिनँ' 

‘म कवि बन्न सकिनँ' 

चुँदीरम्घा (तनहुँ): नेपाली साहित्यका शिखर पुरुष आदिकवि भानुभक्त आचार्यका ७० वर्षे पनाति हरिनाथ आचार्यले आफू कवि बन्न नसेकोमा दुःखेसो गरेका छन् । ‘बाजेको प्रेरणाले धेरै कवि भए', उनले भने, ‘रहर हुँदाहुँदै पनि म कवि बन्न सकिनँ ।' सानोमा कविता कोरे पनि सरकारी जागिरे भएकाले आफू कवि बन्न नसकेको उनले बताए ।

उनको पारिवारिक माहोल कवितामय नै थियो । भानुकी नातिनी विष्णुमायाले बाजेका बारेमा जीवनी लेख्नुका अतिरिक्त प्रशस्तै कविता लेखेकी छन् । भानुकै पनाति मुक्तिनाथ आचार्य पनि त्यस क्षेत्रमा कहलिएकै कवि हुन् । उनका पनाति पर्ने डा. व्रतराज आचार्य, डा. विधान आचार्यलगायत मुलुकमै नाम चलेका कविमध्ये पर्छन् ।

भानुका आफ्नै पनाति भए पनि कवि बन्न नसकेकोमा हरिनाथलाई ग्लानी महसुस भएको छ । भन्छन्, ‘मैले कवि भएर बाजेको बिँडो थाम्न सकिनँ ।' सरकारी सेवामा प्रवेश गर्दा देश दौडाहामा लाग्नु परेकाले कवितातिर धेरै सोच्न नसकेको उनी सुनाउँछन् । आफूले केही कविता रचना गरेका हरिनाथ हजुरबुबाका सबैजसो काव्यकृतिबारे राम्ररी जानकार छन् । उनी आगन्तुकलाई बाजेकै रचना सुनाउँछन् ।

कविको गाउँ चुँदी

नेपाली साहित्य आकाशका चम्किला तारा आदिकवि भानुभक्तको जन्मथलो चुँदी रम्घाबाट उनले भौतिक शरीर त्यागेको वर्षौं भइसक्यो तर भानुका साहित्यिक रचनाको प्रभाव भने यति गहिरो परेको छ कि अझै पनि यहाँका किशोरदेखि पाकासम्म कवि छन् । चुँदी, बरभन्ज्याङ, बारिफाँट, सेपाबगैंचा, नारेश्वटारलगायत भानुको गाउँ आसपासका क्षेत्रका कविता रचना नगर्ने कमै छन् । कोही भानुभक्तीय रामायणवाचनमा पारंगत भेटिन्छन् भने धेरै आफैं काव्य सिर्जना गर्छन् ।

त्यसको छनक हरेक वर्ष भानुजन्मस्थल विकास समितिले चुँदीमा गर्ने रचनावाचन प्रतियोगिताले दिन्छ । राष्ट्रियस्तरका साहित्यकारको पातलो चहलपहल भए पनि स्थानीय सर्जककै बाहुल्यकाबीच साहित्यिक रचनावाचन प्रतियोगिताले भानुको जन्मथलोको साख जोगाइदिएको छ ।

वरभन्ज्याङका बासिन्दा उपेन्द्र न्यौपाने समग्र चुँदी उपत्यका कवि सिर्जनाका लागि उर्वरथलो भएको बताउँछन् । चुँदीमै जन्मिएका डा. व्रतराज आचार्यदेखि श्रीआचार्य, डा. विधान आचार्यलगायत आचार्य खलकका धेरै सर्जक देशकै नामुद कविका रूपमा चिनिएका छन् ।

यसका अलावा कवितामा चलेका डिल्लीराम मि श्र, मेदिनी शर्मा, वनमाली शर्मा, प्रभा भट्टराई, नवराज न्यौपानेलगायत चुँदीकै बासिन्दा हुन् । यसले पनि पुष्टि गर्छ कि यहाँको माटोले अझै कवि जन्माउन कम गरेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.