मेसीले बार्सिलोनाबाटै खेल्ने दाबी

मेसीले बार्सिलोनाबाटै खेल्ने दाबी

एजेन्सी: बार्सिलोनाका चर्चित स्ट्राइकर लियोनल मेसीले बार्सिलोनाबाटै खेल्ने क्लबले दाबी गरेको छ। बार्सिलोनाका प्रवक्ता जोसेफ भिभेसले मेसीले बार्सिलोनाबाटै खेल्न चाहेको बताएका छन्।

'मेसीले क्लबलाई पुर्याएको योगदान तथा स्पेनी जनता र बार्सिलोनाका समर्थकले उनीप्रति देखाएको सद्भावबारे हामी जानकार छौं। हामी सधैं मेसीको साथमा छौं। मेसीको बार्सिलोनासँगको अनुबन्ध कायम रहनेछ', भिभेसले भने।

कर छलेको आरोपमा मेसीलाई हालै स्पेनको एक अदालतले आर्थिक जरिवानासहित २१ महिनाको जेलसजाय सुनाएको छ । त्यसलगत्तै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मेसी इङ्लिस प्रिमियर लिग जानसक्ने बताएका थिए।

मेसीलाई प्रिमियर लिगमा ल्याउनेबारे उनका बाबु र एजेन्टले चेल्सीका मालिक रोमन अब्रामोभिचसँग कुराकानी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका थिए। त्यससँगै प्र्रवक्ता भिभेले मेसीका कारेमा क्लबको धारणा सार्वजनिक गरेका हुन्।

अर्जेन्टिनी स्टार मेसीलाई अदालतले जेल सजायसहित २० लाख युरो जरिवाना तोकेको छ। अदालतले मेसीका पिता जर्जलाई पनि सोही आरोपमा १५ लाख युरो जरिवामा गरेको थियो।

स्पेनको कानुनअनुसार मेसी र उनका पिता जर्जले जेलमा भने बस्नु पर्नेछैन। स्पेनमा दुई वर्षभन्दा कम अवधिको जेल सजायमा आरोपीले विशेष निगरानीमा घरमै बसेर पनि सजाय पूरा गर्नसक्ने कानुनी व्यवस्था छ।

 

मेसी र उनका पिताले सन् २००७ देखि सन् २००९ सम्म कर छलीमार्फत स्पेनलाई ४१ लाख युरो घाटा पुर्याएको ठहर अदालतले गरेको छ। अदालतले मेसी र उनका पिताले अमेरिकी राष्ट्र बेलिज र दक्षिण अमेरिकी राष्ट्र उरुग्वेमार्फत स्पेनलाई घाटा पुर्याएको अदालतको निर्णयमा उल्लेख छ।

मेसी र उनका बुवाले भने कर छलीको विषमया आफुहरू अन्जान रहेको बताउँदै आएका छन्। मेसीले कर छलीको मुद्दा सुरु भएपछि सन् २०१३ को अगस्टमा पनि आफैंले ५० लाख युरो स्पेनी कर कार्यालयमा बुझाएका थिए।

मेसी पछिल्लो १५ वर्षयता स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्। मेसी सानो उमेरमै अर्जेन्टिनाबाट स्पेनमा गएका थिए । उनले सानो उमेरमै बार्सिलोनाको एकेडेमीबाट फुटबल खेल्न सुरु गरेका हुन्।

बार्सिलोनाले घरेलु मैदानमा हात पारेको अधिकांश सफलतामा मेसीको भूमिका निर्णायक बन्दै आएको छ। मेसीलाई गरिएको कारबाहीबारे पुनर्विचार गर्न अहिले स्पेन र अर्जेन्टिनामा समेत व्यापक चर्चा भएको छ।

बार्सिलोनाका लागि महत्वपूर्ण उपलब्धि हात पारेका मेसीले राष्ट्रिय टोली अर्जेन्टिनाका लागि त्यति सफलता दिलाउन नसकेपछि उनले हालै अर्जेन्टिनी राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरेका छन्।

कोपा अमेरिका कप फुटबलको फाइनलमा चिलीसँग पराजित भएपछि मेसीले राष्ट्रिय टोलीबाट नखेल्ने निर्णय गरेका थिए। उनको निर्णय आवेश र भावनामा आएको भन्दै अर्जेन्टिनामा राष्ट्रपतिदेखि सर्वसाधारण सर्मथकले समेत उनको पछिल्लो निर्णय फिर्ता लिन उनलाई आग्रह गरिरहेका छन्। मेसी सर्वाधिक पाँचपटक फिफा वर्ष खेलाडीको उपाधि विजेता हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.