अनुदान रोकिँदा क्यान्सर उपचारमा समस्या

अनुदान रोकिँदा क्यान्सर उपचारमा समस्या

भक्तपुर: सरकारले नियमित रूपमा उपलब्ध गराउँदै आएको अनुदान रोक्दा भक्तपुर क्यान्सर अस्पतालको स्वास्थ्योपचार सेवा प्रभावित भएको छ । स्वास्थ्य कर कोषमार्फत आफूले पाउनुपर्ने नियमित अनुदान सरकारले रोक्दा क्यान्सर उपचारमा समस्या आएको अस्पतालले जनाएको छ ।

सरकारले स्वास्थ्य कर कोषमार्फत अस्पताललाई प्रत्येक वर्ष चारदेखि पाँच करोड रुपैयाँ अनुदान दिँदै आएको थियो । तर सरकारले चालू आवमा उक्त कोषबाट एक पैसा पनि अनुदान नदिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनले चालू आर्थिक वर्ष सकिन केही दिनमात्रै बाँकी हुँदा पनि सरकारले अनुदान नदिएको बताए । ‘अघिल्ला आर्थिक वर्षमा पनि अनुदान ढिलै प्राप्त हुने भएकाले यस वर्ष पनि ढिलै भए पनि प्राप्त हुने आस थियो' अध्यक्ष श्रेष्ठले भने ।

उनले अनुदान रकम रोक्दा देशभरबाट आउने क्यान्सर बिरामीको उपचार सेवामा समस्या आएकोले अनुदान सहयोगलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेका छन् ।

सरकारी तथ्यांकअनुसार सरकारी स्तरको चितवन भरतपुरस्थित बीपी मेमोरियल क्यान्सर अस्पतालपछि भक्तपुर क्यान्सर अस्पतालले बढी क्यान्सर रोगीको उपचार गर्छ । भक्तपुरले देशभरका ३५ प्रतिशतभन्दा बढी क्यान्सर बिरामीको उपचार गर्छ ।

सोही आधारमा सरकारले नेपाल अर्बुदरोग निवारण संस्था, भक्तपुर नगरपालिका, रोटरी क्लबलगायतको सहकार्यमा सञ्चालित सामुदायिक अस्पताल भक्तपुर क्यान्सर अस्पताललाई अनुदान दिँदै आएको थियो ।

तर चालू आवमा सरकारले एक्कासी अनुदान रकम निकासा नगर्दा अस्पतालमा उपचारार्थ आउने विपन्न एवं गरिव क्यान्सर बिरामी बढी मारमा पर्ने भएका छन् ।

 

अस्पतालले सरकारको अनुदान रकमको आधारमा गरिब तथा विपन्न बिरामीलाई निःशुल्कसँगै न्यून शुल्क क्यान्सर उपचार गर्दै आएको थियो । तर सरकारले अनुदान दिन नै रोकेपछि अस्पतालले पनि बाध्य भएर यस्ता सेवा रोक्नुपर्ने जनाएको छ ।

अस्पताल व्यवस्थापनले सरकारले नियमित दिँदै आएको अनुदान रकम रोक्का गरे आफूहरूले पनि अस्पताल बन्द गरेर साँचो सरकारलाई बुझाउन बाध्य हुने चेतावनी दिएको छ ।

‘सरकारले अस्पताललाई नियमित दिँदै आएको अनुदान रोक्का गरे गरिब तथा विपन्न क्यान्सर बिरामीको स्वास्थ्योपचार गर्न सकिँदैन', अध्यक्ष श्रेष्ठले भने, ‘हामी बाध्य भएर अस्पतालमा ताला लगाएर साँचो सरकारलाई बुझाउन बाध्य हुन्छौं ।' उनले सामुदायिक अस्पताल घाटामा चल्न नसक्ने सुनाए ।

स्वास्थ्य मन्त्रालयले भने सरकारी निर्णयानुसार नै भक्तपुर क्यान्सर अस्पताललाई जाने अनुदान रकम रोकिएको बताएको छ । मन्त्रालयका अनुसार केपी ओली नेतृत्वको सरकारले काठमाडौं उपत्यकामा सञ्चालित अस्पताललाई अनुदान रकम रोक्का गर्ने निर्णय गरेको छ ।

अस्पताल व्यवस्थापनले भने प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री रामजनम चौधरीसमेतलाई भेटेर भक्तपुर क्यान्सर अस्पताल निजी अस्पताल नभई सामुदायिक भएकाले सोहीअनुसार अनुदान सहयोग नियमित गर्न आग्रह गर्दा पनि सुनुवाइ नभएको बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.