झगडापछि खेलाडीको रहस्यमय मृत्यु

झगडापछि खेलाडीको रहस्यमय मृत्यु

पोखराः दुई स्थानीय फुटबल टोलीबीच खेलपछि भएको झडपमा बुधबार पोखरामा एक फुटबल खेलाडीको रहस्यमय मृत्यु भएको छ।

शुक्लागण्डकी नगरपालिका१ कोत्रेका १८ वर्षीय विश्वास थापालाई मृत अवस्थामा भेटिएको हो।

लेखनाथ नगरपालिका-१३ मजुवामा आयोजित फुटबल प्रतियोगितामा सहभागी भएर फर्कने क्रममा मंगलबार थापाको टोली चेतना युवा क्लब तथा तल्लो गगनगौंडाको शक्ति युवा क्लबबीच बाटोमै झडप भएको थियो। त्यसलगत्तै थापाको शव कोत्रेखोलामा भेटिएको थियो।

थापाको भीरबाट लडेर मृत्यु भएको वा विपक्षी टोलीका सदस्यहरूले मारेर फालेको स्पष्ट हुन सकेको छैन। थापाको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट देखिएको छ।

यद्यपि प्रहरीले घटना शंकास्पद भनेको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ। ‘हामीलाई मृत्युको कारण शंकास्पद लागेको छ', कास्की प्रहरी प्रवक्ता डीएसपी गजुसिद्धि वज्राचार्यले अन्नपूर्णसँग भने, ‘यसबारेमा अनुसन्धान सुरु भएको छ।'

थापाको टोली कोत्रे र विपक्षी शक्ति युवा क्लबबीच खेलकै क्रममा मैदानमै विवाद उत्पन्न भएको थियो। खेलको दोस्रो हाफमा कोत्रेका खेलाडीले गरेको प्रहारलाई गोल मान्ने वा नमान्ने विवाद उत्पन्न भएपछि मैदानमै दुई टोलीबीच झडप भएको थियो।

खेल खेलाइरहेका रेफ्रीले समेत गोलका बारेमा निर्णय दिन नसकेपछि खेलाडीबीच झडप सुरु भएको थियो। गगनगौंडाका गोलरक्षक चन्द्र पुन र कोत्रेका सन्दीप गुरुङ मैदानमै एकअर्काविरुद्ध उत्रिएका थिए।

दुवै टोलीका अन्य खेलाडी र पदाधिकारीसमेत झगडामा उत्रिएपछि आयोजकले खेल स्थगित गरेको थियो। तर उनीहरू घर फर्कने बेला बाटोमा पुनः झगडामा उत्रिएका थिए। प्रत्यक्षदर्शीका अनुसार दुई टोलीका खेलाडीबीच झगडा हुँदा भागदौड नै मच्चिएको थियो।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा सोधपुछका लागि २० भन्दा बढीलाई हिरासतमा लिएको छ। मृतक विश्वासका आफन्तले उनको हत्या भएको भन्दै ६ जनाविरुद्ध कास्की जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन्।

विश्वासका मामा कृष्ण आलेका अनुसार गगनगौंडाका सुलभ खत्री, समीर प्रधान, पंकज केसी, आशीष कुँवर, मनबहादुर पुन र विनस केसीविरुद्ध जाहेरी दिइएको छ। उनीहरू सबै कास्की प्रहरीको हिरासतमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.