निगमले संचयकोषलाई डेढ अर्ब बुझायो

निगमले संचयकोषलाई डेढ अर्ब बुझायो

काठमाडौँ: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले डेढ वर्ष अगाडि भित्र्याएको एयर बस नामका दुईवटा जहाज खरिदबापत डेढ अर्ब रुपैयाँ ऋण चुक्ता गरको छ।

निगमले दुईवटा एयरवसको १५६ सीट क्षमताका ए ३२०-२०० सिरिजका जहाज खरिद गर्न कर्मचारी संचय कोषबाट लिएको १० अर्ब ऋण मध्ये डेढ वर्षभित्रमै एक अर्ब ५८ करोड ६२ लाख १७ हजार रुपैयाँ बुझाएको निगमका कर्पोरेट निर्देशक तथा प्रवक्ता रामहरि शर्माले बताए।

वायुसेवा निगमले दुई वटा एयर बस किन्न कर्मचारी संचय कोषबाट लिएको ऋणको सावाँ र व्याजबापतको यो रकम नियमले चुक्ता गरेको हो।

निगमले आगामी १५ वर्षसम्मम हरेक तीनतीन महिनामा संचयकोषलाई ३२ करोड ३६ लाख १७ हजार चार सय २१ रुपैयाँ बुझाउने भएको छ। संचायकोषबाट लिएको ऋणको सावाँ र ब्याजमार्फतको रकम तोकिएकै समयमा नियमति रुपमा भुक्तानी गर्दै आएको पनि निगमले जानकारी दिएको छ।

निगमले जहाज ल्याएर उडान गर्न थालेपिछ पहिलो तीन महिना अर्थात् २०७२ को असारमा २९ करोड १८ लाख रुपैयाँको पहिलो किस्ता तिरेको थियो। त्यसपछि भने हरके महिना तिर्ने शुल्क ३२ करोड ३६ लाख रहेको छ।

निगमको युएई उडान भदौ २ गतेदेखि
वायुसेवा निगमले चार वर्षपछि संयुक्त अरब इमिरेट्स (युएई)को दुवाई उडान गर्ने भएको छ। निगमले २०६९ साउनदेखि बन्द गरेको दुवाईको उडान आगामी भदौ २ गतेबाट पुनः सुचारु गर्ने भएको छ।

निगमले हरेक मंगलबार, बिहीबार र आइतबार गरी सातामा तीन उडान गर्ने भएको छ। वायुसेवा निगमको जहाज अभाव भएर खुम्चिएको अन्तर्राष्ट्रिय उडान यात्रा एयरबसको दुई जहाज थपसँगै विस्तारै बढ्न थालेको छ। निगमले एयरबसबाटै दुवाई उडान गर्ने भएको छ। निगमले चीनमा पनि उडान गर्ने तयारी गरिरहेको छ।

आवश्यक प्रक्रियामा नै भएकोले चीनको ग्वान्झाओको उडानको मिति भने तय भएको छैन। हाल निगमले थाइल्याण्ड, कतार, हङकङ, भारतका विभिन्न सातवटा गन्तव्यमा उडान गरिरहेको छ। निगमले वाइडवडी नामक ठूलो जहाज खरिद गरेर बजार हिस्सा बढाउने पनि प्रक्रिया अगाडि सारेको छ।

बोइङको उडान सुचारु
प्राविधिक कारणले एक सातादेखि थन्किएको निगमको वोइङ ७५७ एसीबी जहाजले बुधबार बेलुकाबाट नै उडान सुरु गरेको छ। जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड रहेको यो जहाज आवश्यक मर्मत पछि उडान सुरु गरेको निगमले जानकारी दिएको छ।

बोइङले बुधबार बेलुका पौने १२ बजे मलेसियाको क्वालालम्पुरका लागि उडान गरेको छ। यो जहाजले उडान सुरु गरेपछि उडानको अधिक चापलाई कम गर्ने भएको छ। गत साता चरा ठोक्किएर मर्मतमा रहेको एउटा एयर बस पनि दुईतीनदिन भित्रमा नै आवश्यक मर्मत हुने र उडान गर्न निगमको भनाइ छ।

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा आफ्नो बजार हिस्सा बढाउन र हवाई पहुँच बढाउन वाइडवडी जहाज ल्याउन आन्तरिक रुपमा बृहत गृहकार्य गरिरहेको छ।

निगमले दुई  वाइडवडि जहाज ल्याएर काठमाडौँबाट सीधै युरोप र अमेरिकी मुलुकमा उडानका योजना अगाडि सारेको छ। निगमले तत्काल दुईवटा एयर बसकै वाइडवडी खरीद गर्न करीब २५ अर्ब रुपैयाँ सरकारी जमानीमा माग गरेको छ।

सरकारले आव २०७३-०७४ को बजेटमा पनि वाइडवडी खरिद गर्ने विषयलाई सम्बोधन गरेकोले निगम सोही अनुसार आफ्नो कार्ययोजनामा जुटेको छ। निगमले भने आगामी १८ महिनाभित्रमै जहाज ल्याउने गरी तयारी थालेको जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.