विश्व फुटबलमा नेपाल ६ स्थान खस्कियो

विश्व फुटबलमा नेपाल ६ स्थान खस्कियो

काठमाडौँ: फिफा वरीयतामा नेपाल ६ स्थान खस्कँदै एक सय ८८औं स्थानमा झरेको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल ६ स्थान खस्किएको हो ।

दक्षिण एसियाली राष्ट्रमा नेपाल पाँचौं स्थानमा छ । दक्षिण एसियाली देशको शीर्ष स्थानमा रहेको अफगानिस्तान समग्रमा एक सय ५०औं स्थानमा छ । दोस्रो स्थानमा रहेको भारत एक सय ५२औं, तेस्रो स्थामना आसीन माल्दिभ्स एक सय ७४औं स्थानमा छ ।

यसैगरी चौथो स्थानमा रहेको बंगलादेश एक सय ८३औं स्थानमा छ । छैटौं स्थानमा रहेको भुटान समग्रमा एक सय ९२औं स्थानमा छ । श्रीलंका एक सय ९३औैं स्थानका साथ सातौं र पाकिस्तान एक सय ९४औं स्थानका साथ आठौं स्थामना छन् ।

यसैगरी वरीयतामा वेल्सले महत्वपूर्ण छलाङ मर्दै समग्रमा ११औं स्थानमा उक्लिएको छ । हालै सम्पन्न युरोकपको सेमफिाइनलमा पोर्चुगलसँग पराजित भएको वेल्सले एक महिनाको दौरानमा १५ स्थान सुधार गरेको हो । वेल्स युरोकपमा पहिलो सहभागी टोली हो ।

यसैगरी युरोकपमा उपविजेता बनेको फ्रान्स १० स्थान सुधार गर्दै सातौं स्थानमा उक्लिएको छ । वेल्स र फ्रान्सलाई वरीयता सुधारका लागि युरोकपको प्रदर्शनले सहयोग गरेको हो ।

यसैगरी युरोकपको फाइनलमा आयोजक फ्रान्सलाई हराएको पोर्चुगलले पनि वरीयतामा दुई स्थान सुधार गरेको छ । पोर्चुगल समग्रमा छैटौं स्थानमा छ। स्पेन र ब्राजिल दुई स्थान तल झरेका छन् । स्पेन आठौं र ब्राजिल नवौं स्थानमा छन् ।

उरुग्वे १२औं स्थानमा छ भने दुई स्थान खस्किएको इङ्ल्यान्ड १३औं स्थानमा पुगेको छ । वरीयताको शीर्ष पाँचमा रहेको देशको कुनै पनि परिवर्तन भएको छैन । शीर्ष स्थानमा अर्जेन्टिना यथावत् छ । दोस्रोदेखि पाँचौं स्थानमा क्रमशः बेल्जियम, कोलम्बिया, जर्मनी र चिली छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.