मकवानपुरको निर्यात २४ प्रतिशत घट्यो

मकवानपुरको निर्यात २४ प्रतिशत घट्यो

हेटौंडा: मकवानपुरबाट भारतसहित अन्य मुलुकसँगको निर्यात व्यापार गत आर्थिक वर्ष २४ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७२/७३ मा मकवानपुरबाट देश बाहिर ३७ करोड पाँच लाख सात हजार रुपैयाँको सामान निर्यात भएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघका अनुसार गत आर्थिक वर्ष २०७१/७२ मा ४८ करोड ७७ लाख ३० हजार रुपैयाँको सामन निर्यात भएको छ ।

संघले उत्पत्तिको प्रमाणपत्र जारी गरेको बाराका दुई, सिरहा र काठमाडौंका एक/एक उद्योगसहित मकवानपुरका छ उद्योगको निर्यात व्यापारमा भूकम्प र नाकाबन्दीका कारण गिरावट आएको संघका अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।

हेटौंडा औद्योगिक क्षेत्रस्थित सी.एस.आई नेपालले अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा २९ करोड ५४ लाख ६२ हजार रुपैयाँको पेय पदार्थको बिर्को विदेश निकासी गरेकोमा २०७२/७३ मा २० करोड सात लाख ६७ हजार रुपैयाँको मात्र निकासी गरेको संघको तथ्यांक छ ।

हेटौंडा औद्योगिक क्षेत्रस्थित यती पोलिकेम प्रालिको पनि विदेश निर्यातमा ८० प्रतिशतले गिरावट आएको छ । उद्योगले आर्थिक वर्ष २०७२/७३ मा ८१ लाख ५४ हजार रुपैयाँ बराबरको प्लास्टिकको कार्पेट विदेश निर्यात गरेको छ ।

हेटौंडाको बसामाडीस्थित नेचुरल फ्लावर एन्ड हर्वल उद्योगको अघिल्लो आर्थिक वर्षभन्दा विदेश निर्यातमा ४२ प्रतिशतले गिरावट आएको छ । उद्योगले २०७२/७३ मा एक करोड १५ लाख १५ हजार रुपैयाँको हर्वल सामान विदेश निर्यात गरेको थियो ।

हेटौंडा औद्योगिक क्षेत्रस्थित प्रोजियोकेम उद्योग प्रालिले नौ करोड ७८ लाख ५४ हजार रुपैयाँको प्लास्टिकका सामग्री विदेश निकासी गरेको छ । उद्योगले अघिल्लो आर्थिक वर्षको तुलनामा तीन प्रतिशत निकासी बढाउन सफल भएको संघले जनाएको छ ।

 

बारास्थित बालाजी नेचुरल उद्योगले भने अघिल्लो आर्थिक वर्षको तुलनमा ८५ प्रतिशतले बढी हर्वल सम्बन्धी सामग्री विदेश निर्यात गर्न सफल भएको छ । संघको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा उद्योगले एक करोड १३ लाख १९ हजार रुपैयाँको सामान विदेश निर्यात गरेकोमा २०७१/७२ मा ६१ लाख १९ हजार रुपैयाँको मात्र सामान निर्यात गरेको थियो ।

हेटौंडा ११ स्थित नेपाल इकरात इन्जिनियरिङ प्रालिले आर्थिक वर्ष २०७२/७३ मा तीन करोड ८४ लाख १६ हजार रुपैयाँको ट्रान्सफर्मर विदेश निकासी गरेको संघले जनाएको छ । जय हार्दी खाद्य सप्लायर्स,काठमाडौंले आर्थिक वर्ष २०७२/७३ मा दश लाख २० हजार रुपैयाँको पान परागमा प्रयोग हुने हार्दी सामग्री विदेश निकासी गरेको छ । इकरात र जय हार्दीले गत आर्थिक वर्षदेखि मात्र विदेश निर्यात थालेको हो ।

नाकाबन्दी र भूकम्पका कारण मकवानपुरका उद्योगमा करिब ५० अर्ब रुपैयाँ बराबरको कारोबार प्रभावित भएको छ ।

हेटौंडा औद्योगिक क्षेत्रस्थित बहुराष्ट्रिय कम्पनी एसियन पेन्टसबाट गत आर्थिक वर्ष २०७२/७३ मा नमुनाका लागि दुई हजार पाँच सय रुपैयाँको रंग विदेश निकासी भएको संघले जनाएको छ । उद्योगबाट उत्पादित सबै रंग स्वदेश मै खपत हुने गरेको छ ।

उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याललले नाकाबन्दी र भूकम्पका कारण मकवानपुरका उद्योगमा करिब ५० अर्ब रुपैयाँ बराबरको कारोबार प्रभावित भएको बताए । ‘लोडसेडिङका कारण उत्पादनमा पनि कमी आयो', उनले भने, ‘नाकाबन्दी र भूकम्पले थला परेका उद्योग बिस्तारै तंग्रिने प्रयास गरिरहेका छन् ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.