सेयर बजारमा बिग बुल, नेप्सेले १८ सय क्रस गर्‍यो

सेयर बजारमा बिग बुल, नेप्सेले १८ सय क्रस गर्‍यो

काठमाडौं : निरन्तर उकालो लागेको सेयर बजार बिगबुलतर्फ उन्मुख भएको छ। मंगलबार नेप्सेले १८ सय अंक पार गरेर ऐतिहासिक कीर्तिमान बनाएको छ ।

नेप्सेको यो अंक अहिलेसम्मकै ऐतिहासिक उचाइ हो । नेप्से परिसूचक मंगलबार १३.९० अंकले बढेर १८००.४७ विन्दुमा पुगेको छ। खासगरी बैंकहरुमा आएको उछालले गर्दा नेप्सेले ऐतिहासिक छलाङ मारेको छ। आइतबार २७ र सोमबार ४० अंकले नेप्से बढेको थियो।

कारोबार पनि सोमबार भन्दा मंगलबार बढी भएको छ। मंगलबार २ अर्ब १४ करोडको कारोबार भएको छ ।

मंगलबार पनि पुँजी बजारलाई बैंकहरुले नै लिड गरेको देखिन्छ । बैंकिङ परिसूचक मंगलबार ३५.४८ ले बढेको छ । मौद्रिक नीति आएपछि बजारमा बेग्लै खालको उत्साह देखिएको हो। लामो समय खासै नबढेको बैंकिङ समूहमा अहिले विशेष चमक देखिएको छ। अधिकांश बैंकहरुले गत वर्षभन्दा बढी नाफा कमाएको विवरण बजार ल्याउन लागेको अवस्थाले पनि लगानीकर्ताहरु उत्साहित छन् र बैंकतिर झुम्मिएका छन् ।

मंगलबार बढी कारोबार हुने सूचीमा पनि बैंकहरु छन् । सबैभन्दा बढी कारोबार माछापुछ्रे बैंकको सेयर भएको छ । यो कम्पनीको मात्र मंगलबार ३० करोडभन्दा बढीको सेयर कारोबार भएको छ । नेपाल बैंकको १० करोड बढी र बंगलादेश बैंकको सात करोड बढीको कारोबार भएको छ।

बजार खुल्नासाथ सुरुमा बैंकिङसँगै बिमा पनि चम्किए पनि बिमाको वृद्धि बजारमा टिक्न सकेन । पुँजी वृद्धिसम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयबाट पारित भएको चर्चाले बिमामा आएको उछाल मंगलबार सेलाएको छ। बिमाको परिसूचक २४०.१९ अंकले ओरालो लागेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.