अस्थिर राजनीतिले सेयर बजालाई छोएन
काठमाडौं : अविश्वासको प्रस्तावलाई लिएर सत्तारुढ दल र विपक्षीबीच उत्पन्न तनाव र संभावित मुडभेडको अवस्थाका बीच पनि सेयर बजार बिहीबार हरियो भएको छ ।
नेप्से परिसूचक बिहीबार ११.९९ बढेर १७९८.८३ विन्दुमा पुगेको छ । कारोबार पनि करिब डेढ अर्बको हाराहारीमा भएको छ । राजनीतिक अन्योलले केही चिन्तित देखिएको लगानीकर्ताहरु ब्रोकर कमिशन ४० प्रतिशतसम्म घटाउने निर्णयले केही उत्साहित देखिए ।
कारोबारमा बैंकहरुको उछाल देखियो । बढी कारोबार हुनेमा बैंकहरु अगाडि छन् । बिहीबार पनि सबैभन्दा बढी कारोबार सिद्धार्थ बैंकको भएको छ । झन्डै चालिस करोड कारोबार भएको यो बैंकको बिहीबार १२ करोडभन्दा बढीको कारोबार भएको छ ।
कारोबार हुने साताको अन्तिम दिन बिहीबार राजनीतिक तनावले सेयर बजार ओरालो लाग्ने अनुमान गरिए नेप्सेले त्यसलाई गलत साबित गरिदिएको छ । हाइड्रोबाहेक सबै समूह हरिया भएका छन् । निरन्तर घटेको विकास बैंक समूह पनि बिहीबार २१ भन्दा बढी अंकले बढेको छ ।