फेरि ३०५

फेरि ३०५

मुलुकको अस्थिर राजनीतिको इतिहासले निरन्तरता पाएको छ । प्रधानमन्त्री केपी ओलीको सरकारको राजीनामा त्यसको एउटा प्रमाण हो । कुनै प्रधानमन्त्री या सरकारको बहिर्गमन या आगमन प्रजातान्त्रिक व्यवस्थामा अस्वाभाविक नभए पनि कुनै–कुनै सत्ता परिवर्तनले विशेष अर्थ राख्छ र मुलुकको भावी इतिहासलाई प्रभावित गर्छ । सम्भवतः ओली बहिर्गमन त्यस्तै एउटा घटना बन्ने देखिन्छ ।

संसद् र सत्तामा समीकरण फेरिएको थियो । माओवादी र खासगरी त्यसका नेता पुष्पकमल दाहालको महत्त्वाकांक्षाका कारण सत्ताबाट बाहिरिँदै उनले ओलीविरुद्ध अविश्वास प्रस्ताव राखेपछि मत विभाजन स्पष्ट थियो । त्योसँगै नेपाली राजनीतिमा सदावहार मुसे प्रवृत्तिको पटाक्षेप यसपटक पनि भयो, फोरम लोकतान्त्रिकका विजय गच्छेदार र राप्रपाका पशुपति शमशेरको नेतृत्वमा । राजनीतिमा सिद्धान्त हैन, उदाउँदो शक्तिको दौरा समात्ने संस्कृतिलाई ‘गणतन्त्र' सम्म पनि संस्थागत गरिएको छ ।

सत्ता परिवर्तन सहज हुँदाहुँदै पनि यो संविधानको दुरुपयोग भएको छ, फेरि एकपटक । ‘वाधा–अड्काउ फुकाउ' प्रावधान असल संविधानको अभ्यासमा कहिल्यै नआओस् भन्ने आशयका साथ मात्र राखिएको हो, एकदमै कल्पना नगरिएको परिस्थितिमा त्यसले निकास देओस् भन्ने अभिप्रायका साथ ।

राजा ज्ञानेन्द्रले त्यसलाई पहिलो र एकपटक मात्र प्रयोग गरेका थिए, संविधानमा लेखिएअनुसार र आफ्नै निर्णयअनुसार तत्कालीन प्रधानमन्त्रीले संसद्को चुनाव सम्पन्न गर्न असमर्थता जनाएपछि । तर ०६३ को परिवर्तनयता त्यो संकटकालीन प्रावधानको दुरुपयोग पटक–पटक भएको छ, अन्तरिम संविधान र वर्तमान ‘उत्कृष्ट' संविधान दुवैमार्फत ।

सरकार गठनमा समेत यो प्रावधान प्रयोग गर्ने हो भने संविधान अर्थहीन दस्ताबेज बन्न पुग्छ । संसद्का सदस्यहरूले विवेक, सिद्धान्त, मान्यता र परम्परालाई ध्यानमा राखी आफूलाई सञ्चालन गर्नुको साटो ‘यान्त्रिक' हैसियतमा कसैलाई मुलुकको प्रधानमन्त्री चुन्नुपर्ने परिस्थितिले संवैधानिक प्रक्रिया अगाडि बढाउन सक्तैन । त्यो भावी राजनीतिक इतिहासमा अर्को एउटा कुपरम्परा तथा कु नजिरका रूपमा स्थापित हुनेछ ।

 

या त्यसबेलाको धारा १२७ राजाले ‘असोज' मा ‘वाधा–अड्काउ फुकाउ' या त्यसबेलाको धारा १२७ को प्रयोग गर्दा त्यो संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायलगायतसँग परामर्श गरेका थिए । तर अहिलेको परिस्थिति त्योभन्दा भिन्न र कठोर प्रावधानमा जानुपर्ने खालको थिएन ।

संविधान र नियमित संसद् रहेको अवस्थामा सम्भावित समीकरण र अभ्यासहरूको बाटो छेक्दै संकटकालीन धाराको अभ्यासमा जाँदा यो प्रावधान मात्र हैन, समग्र संविधान बाँदरको हातमा नरिवल बन्ने मार्गप्रशस्त गरेको छ । भोलि कुनै पनि अप्ठ्यारो परिस्थिति आउँदा मन्त्रिपरिषद्ले आफ्नो हातमा असीमित दायित्व या अधिकार लिन यो धाराको प्रयोग गर्नेछ, अहिलेको पूर्वदृष्टान्तलाई आधार बनाउँदै ।

सरकार अल्पमतको हुँदा उसले अनेकौँ सम्झौता गर्नुपर्ने हुन्छ, आफ्नो अस्तित्वको लागि । तर ‘अस्तित्व' को अर्थ के हुन्छ, राष्ट्रहित, जनहित र संविधानवादको मूल्य–मान्यता संवद्र्धन गर्न ? उत्पन्न परिस्थिति र धारा ३०५ को ‘दुरुपयोग' बाट ‘स्वेच्छाचरिता' बढ्ने निश्चित देखिँदा त्यसले जनताको आक्रोश या अवज्ञालाई संगठित रूपसमेत दिन सक्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.