ट्रम्प मजदुरको पनि सम्मान गर्न जान्दैनन्ः ओबामा

ट्रम्प मजदुरको पनि सम्मान गर्न जान्दैनन्ः ओबामा

एजेन्सीः अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिक पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको खुलेर आलोचना गरेका छन् ।

ओबामाले मजदुरको समेत सम्मान गर्न नसक्ने ट्रम्पले अमेरिकाको सम्मान गर्न नसक्ने टिप्पणी गरेका हुन् । फिलाडेल्फियामा डेमोक्रयाटिक पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओबामाले भने, ‘ट्रम्पले मजदुरको समेत सम्मान गर्न जान्दैनन् ।’

ओबामाले एक व्यापारीमात्र भएकाले ट्रम्पसँग अमेरिका बनाउने कुनै योजना नभएको समेत आरोप लगाएका छन् । ‘ट्रम्प एक व्यवसायी हुन् । उनीसँग न भविष्यको योजना छ न त तथ्यबारे नै जानकारी छ,’ ओबामाले भने ।

अमेरिकाको भविष्यप्रति आफू आशावादी भएको बताउदै ओबामाले त्यो आशाको केन्द्र डेमोक्रयाटिक पार्टीकी राष्ट्रपति उम्मेदवार हिलारी क्लिनट मात्र भएको समेत उल्लेख गरेका छन् ।

ओबामाले क्लिन्टन अमेरिकाको आशा र ट्रम्प डर रहेको बताउदै आशा रोज्ने कि डर भन्ने कुरा अमेरिकी नागरिकले निर्णय गर्नुपर्ने समेत बताएका छन् । सबै धर्म र रंगका मानिस मिलेर अमेरिकालाई मजबुत बनाउनुपर्ने ओबामाको भनाइ छ ।

भाषणका क्रममा ओबामाले अधिकांश समय क्लिन्टनको खुलेर प्रशंसा गरे ।  ओबामाको भाषणको पूर्णपाठ

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.