भारतमा भीषण बाढी
नयाँदिल्लीः भीषण वर्षापछि आएको बाढीले भारतका विभिन्न राज्यमा भूभाग डुबानमा परेको छ । बाढीबाट भारतका असम, उत्तराखण्ड, उत्तर प्रदेश, बिहार सर्वाधिक प्रभावित भएका छन् ।
हरियाणाको यमुनानगरमा यमुना नदीमा फसेका ८ जनालाई वायुसेनाले उद्धार गरेको छ ।असम राज्यका २१ जिल्ला बाढीबाट प्रभावित भएका छन् । यहाँ १७ लाख मानिस प्रभावित भएका छन् । १ लाखभन्दा बढी व्यक्तिले राहत शिविरमा शरण लिएका छन् ।
उत्तर प्रदेशमा घाघरा र शारदामा पानीको जलस्तर निकै उच्चस्तरमा बढेको छ । उत्तराखण्डमा बाढीबाट ५८ जनाको मृत्यु भएको छ । सयौं मानिस घाइते भएका छन् । भूस्खलनका कारण राजमार्ग बन्द भएका छन् । बिहारका ८ जिल्ला बाढीबाट निकै प्रभावित भएका छन् ।
४३ क्षेत्रका १ हजार ५ सयभन्दा बढी गाउँको जनजीवन अस्तव्यस्त भएको छ । यसबाट १७ लाखभन्दा बढी व्यक्ति प्रभावित भएका छन् भने १७ को मृत्यु भएको छ । बिहारमा १० हजारभन्दा बढी घर ध्वस्त भएका छन् ।
१६ लाख मानिसले घर छोडेर २ सय ९२ राहत शिविरमा आ श्रय लिएका छन् ।