‘नेपालमै पेट्रोलियम पदार्थ उत्खनन् हुन्छ’

‘नेपालमै पेट्रोलियम पदार्थ उत्खनन् हुन्छ’

काठमाडौँ: उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले देशका विभिन्न स्थानमा रहेका पेट्रोलियम पदार्थको उत्खनन् हुने बताएका छन् । पाण्डेले यो विषयमा ष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका उद्योगीसँग छलफल भइरहेको बताएका छन् ।

घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत एकीकृत कर्मचारी सङ्घको छैठौँ केन्द्रीय अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मन्त्री पाण्डेयले स्वदेशी स्रोत साधनलाई उपयोग गरी राष्ट्र निर्माणको कार्य अगााडि बढाइने उललेख गरे। मुलुकमा आर्थिक समृद्धि कायम गर्न देशमा औद्योगीकरण गर्नुपर्नेमा जोड दिए ।

शनिबारसम्म चल्ने अधिवेशनमा ४८ जिल्लाका एक सय बढी प्रतिनिधि सहभागी छन् । अधिवेशनमा संविधानअनुसार मुलुकमा कायम भएका सङ्घीय संरचना अनुकूल कर्मचारीको व्यवस्थापन तथा उनीहरुको क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिमको प्रबन्ध गर्नुपर्ने, कर्मचारी तथा व्यवस्थापनका बीच हुने तिक्तता न्यूनीकरणका विषयमा छलफल हुने बताइएको छ ।

कार्यक्रममा पूर्वअध्यक्ष धनराज पन्त, विनोददेव पन्त, तिलक अधिकारी, राजेन्द्र मिश्रलगायतलाई सम्मान गरिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.