बिकिनीमै चोर पक्रिएपछि तस्बिर भाइरल

बिकिनीमै चोर पक्रिएपछि तस्बिर भाइरल

एजेन्सीः पछिल्ला दिनमा बिकिनी लगाएका दुई महिलाले एक पुरुष पक्राउ गरेको तस्बिर भाइरल भएको छ । तस्बिर स्वीडेनको हो । जुन तस्बिरमा बिकिनी लगाएका दुई महिलाले एक पुरुषलाई पक्राउ गरेको देख्न सकिन्छ ।

विकिनी लगाउने महिला स्वीडिस महिला प्रहरी भएको खुलेको छ । बिकिनी लगाएर छुट्टी मनाउन एक पार्कमा पुगेर सनबाथिङ गरिहेको अवस्थामा ती महिला प्रहरीले चोर पक्राउ गरेका हुन् ।

बिकिनी लगाएको अवस्थामा चोर पक्राउ गरेको भन्दै ति महिला प्रहरीको सामाजिक सञ्जालमा प्रशंसा भइराखेको छ । यो तस्बिर इस्टाग्रामबाट सार्वजनिक भएपनि अहिले सबै सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

बिकिनी लगाएकी एक महिला स्वीडेनकी प्रहरी अधिकारी मिकाइला केलनर हुन्  । उनी साथीसँग छुट्टी मनाउन पार्कमा पुगेर सनबाथिङ गर्दैै थिइन । सोही समयमा एक व्यक्ति उनीहरुको नजिकै आएर गए । केही बेरमै हल्ला भयो त्यो व्यक्तिले मोबाइल चोरेर लगेछ ।

मोबाइल चोरी भएको थाहा पाउनेबित्तिकै बिकिनी लगाएका महिलाले दौडिएर चोर पक्राउ गरे । केलरलाई उद्धृत गर्दै स्वीडेन सञ्चार माध्ययमले लेखेका छन्,, ‘मसँग त्यत्तिबेला समय नै थिएन त्यसैले जे लगाएकी थिएँ, त्यहीमा दौडिएँ र चोर पक्राउ गर्न सफल भएँ ।’
 
तस्बिर सार्वजनिक भएपछि सकारात्मक प्रतिक्रिया आएको समेत उनलेब बताएकी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.