समयमा काम नसकिनुमा ठेकेदार पनि दोषी

समयमा काम नसकिनुमा ठेकेदार पनि दोषी

चितवनः नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले समयमा निर्माण कार्य नसकिनुमा निर्माण व्यवसायी पनि दोषी भएको स्वीकार गरेका छन् ।
केही निर्माण व्यवसायीले क्षमताभन्दा बढी काम लिने, समयमै काम पूरा नगर्ने गर्दा ठेकेदारले गुणस्तरीय काम गरेनन् भन्ने आरोप आइरहने गरेको बताउँदै अध्यक्ष गौचनले अबदेखि राम्रो रेटमा काम लिन, गुणस्तरीय काम गर्न र तोकिएको समयमै काम सिध्याउन निर्माण व्यवसायीलाई आग्रह गरे ।

निर्माण व्यवसायी संघ चितवनको वार्षिक साधारणसभामा शुक्रबार गौचनले भने ‘निर्माण क्षेत्रमा देखिएका विकृति, विसंगति हाम्रा कारणले पनि भएको हो भन्ने हामीले स्वीकार गर्नुपर्छ', सबै विकृतिको मूल जरो घटाघटमा काम लिने प्रवृत्ति भएको औँल्याउँदै गौचनले भने, ‘५० प्रतिशतसम्म कममा टेन्डर हाल्ने, ठेक्का परेको एक महिनासम्म पनि निर्माण कार्य सुरु नगर्ने काम हामीबाटै भएको छ । यसमा सुधार आवश्यक छ ।' समयमै काम पूरा नगर्ने ठेकेदारलाई महासंघले संरक्षण नगर्ने उनले बताए ।

अध्यक्ष गौचनले विदेशी निर्माण व्यवसायीले काम गर्दा अनिवार्य रूपमा स्वदेशी निर्माण व्यवसायीसँग ज्वाइन्टभेन्चरमा काम गर्नुपर्ने नयाँ ऐनको प्रावधान स्वागतयोग्य भएको बताए । सार्वजनिक खरिद ऐन २०६३ को पहिलो संशोधन २०७२ गत असारमा संसद्बाट पारित भइसकेको जानकारी दिँदै गौचनले भदौभित्र नयाँ ऐनको नियमावली आइसक्ने बताए ।

 

‘सार्वजनिक खरिद ऐनमा भएको सुधारले हामीलाई क्षमताअनुसारको काम गरेर देखाउने अवसर दिएको छ', उनले भने, ‘टेन्डर फिर्ता लिने भए टेन्डर दर्ताको म्यादभन्दा २४ घन्टा अगावै फिर्ता लिनुपर्ने ऐनको नयाँ प्रावधानप्रति भने हाम्रो असहमति छ ।'

संशोधित खरिद ऐनअनुसार ठेक्का लिने निर्माण व्यवसायीले टेन्डर हाल्दा टेन्डर रकममा १५ प्रतिशतभन्दा बढी घट्न पाइँदैन । यसका लागि कबोल रकमको पाँच प्रतिशत जमानत राख्नुपर्छ । कोही निर्माण कम्पनीले १५ प्रतिशतभन्दा बढी घटाघटमा गएको अवस्थामा कबोल रकमको ५० प्रतिशत रकम थप जमानत राख्नुपर्ने हुन्छ ।

निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष होमकुमार शर्मा आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन समारोहमा चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम, नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार शिवप्रसाद भट्टराई, पश्चिमाञ्चल उपाध्यक्ष रुद्र शर्मा, महासचिव रामशरण देउजा, उपमहासचिव सूर्यप्रसाद तिमिल्सिना, निर्माण व्यवसायी संघ चितवनका सल्लाहकारद्वय रामराज पौडेल, खोपनिधि लोहनीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा जिल्ला संघका महासचिव केशवप्रसाद लामिछानेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष माधवप्रसाद पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.